काठमाडौं। काठमाडौंको बनस्थली नजिकै बसले स्कुटरलाई ठक्कर दिंदा स्कुटरमा सवार एक महिलाको मृत्यु भएको छ।
बनस्थली र बालाजुको बीचमा बा ८५ प १४९३ नम्बरको स्कुटरलाई कान्तिपुर यातायातको बा १ ख ६६४५ नम्बरको गाडीले ठक्कर दिंदा स्कुटीमा सवार धादिङ धारखाकी ४० वर्षीया लिलाकुमारी घलेको मृत्यु भएको हो।
उनकी छोरी २५ वर्षीया शर्मिला घले घाइते भएकी छन्। उनको स्वयम्भूस्थित मनमोहन अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।
प्रहरीले बस र चालकलाई नियन्त्रणमा लिएको छ।
" /> काठमाडौं। काठमाडौंको बनस्थली नजिकै बसले स्कुटरलाई ठक्कर दिंदा स्कुटरमा सवार एक महिलाको मृत्यु भएको छ।बनस्थली र बालाजुको बीचमा बा ८५ प १४९३ नम्बरको स्कुटरलाई कान्तिपुर यातायातको बा १ ख ६६४५ नम्बरको गाडीले ठक्कर दिंदा स्कुटीमा सवार धादिङ धारखाकी ४० वर्षीया लिलाकुमारी घलेको मृत्यु भएको हो।
उनकी छोरी २५ वर्षीया शर्मिला घले घाइते भएकी छन्। उनको स्वयम्भूस्थित मनमोहन अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।
प्रहरीले बस र चालकलाई नियन्त्रणमा लिएको छ।
">