काठमाडौं। माइक्रोसफ्टका संस्थापक बिल गेट्सले आफ्नी छोरी जेनिफर गेट्सको इंगेजमेन्ट घोषणा गरेका छन्।
जेठी छोरी जेनिफरफो इंगेजमेन्ट इजिप्टका घोडसवार खेलाडी नायल नासारसँग गरिएको हो।
जेनिफरले आफ्नो इन्स्टाग्राममा तस्वीर राख्दै यसबारे जानकारी दिएकी छन्। नासारको प्रस्ताव जेनिफरले स्वीकार गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्।
जेनिफरले नायालसँगको फोटो राख्दै लेखेकी छन्, ‘बाँकी जीन्दगी तिमीसँगै हाँस्दै, सिक्दै, हुर्किदै र एकअर्कालाई माया गर्दै बिताउन व्यग्र छु।’
घोडचढीप्रति रूचि राख्ने जेनिफरले समेत नायलसँगै स्ट्यान्फोर्ड विश्वविद्यालय पढेकी थिइन्।
नायलले समेत जेनिफरले झैं इन्स्टाग्राममा फोटा राख्दै आफ्नो प्रस्ताव स्वीकार गरेको लेखेका छन्। ‘म संसारकै भाग्यमानी र खुशी मान्छे हुँ,’ उनले जेनिफर र आफ्नो फोटोमा लेखेका छन्, ‘जेन, मैले कल्पना गरेभन्दा धेरै बढी तिमी छौं। तिमीसँग जीवन बिताउने क्षणका लागि म आतुर छु। तिमी बिनाको जीवन म कल्पना पनि गर्न सक्दिनँ। मेरा हरेक दिन सपना जस्तै सुन्दर बनाएकोमा धन्यवाद।’
जेनिफरका आमारूबुवाले समेत इन्स्टाग्राममा खुशी बाँडेका छन्। इंगेजमेन्टको घोषणा गरेपनि बिहे कहिले गर्ने भन्नेबारे खुलाइएको छैन।
" /> काठमाडौं। माइक्रोसफ्टका संस्थापक बिल गेट्सले आफ्नी छोरी जेनिफर गेट्सको इंगेजमेन्ट घोषणा गरेका छन्।जेठी छोरी जेनिफरफो इंगेजमेन्ट इजिप्टका घोडसवार खेलाडी नायल नासारसँग गरिएको हो।

">