काठमाडौं। निर्भया बलात्कार हत्याकाण्डका आरोपीलाई सुनाइएको फाँसीको सजाय तत्कालका स्थगित भएको छ। आज दिल्लीस्थित पटियला हाउस अदालतले तत्काल फाँसी नदिने फैसला गरेको हो।
१६ डिसेम्बर २०१२ मा दिल्लीमा भएको उक्त घटनामा मुकेश सिंह, विनय शर्मा, अक्षयकुमार र पवन गुप्तालाई दोषी ठहर गर्दै फाँसी दिने फैसला सुनाइएको थियो। चारै जनालाई १ फेब्रुअरीमा फाँसीमा झुण्ड्याउने तयारी थियो।
अदालतको आजको आदेशपछि निर्भयाकी आमा आशादेवी निकै भावुक बनेकी छन्। उनले दोषीका वकीलहरूप्रति आक्रोश व्यक्त गरेकी छन्। अदालतको यस्तो आदेश आए पनि आफू छोरीको न्यायको लागि सँधै लडिरहने प्रतिक्रिया दिइन्।
यसअघि चारै जनालाई २२ जनवरीमा फाँसी दिने फैसला आएको थियो। तर, उक्त फैसलाविरुद्ध चारै जनाले राष्ट्रपति तथा सर्वोच्च अदालतसमक्ष क्षमा याचिका मागेका थिए। त्यहाँबाट पनि याचिका खारेज गरिएपछि १ फेब्रुअरीमा फाँसी दिने तय भएको थियो। अदालतको पछिल्लो आदेशसँग फाँसीको सजाय अनिश्चित बनेको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन्।
भारतको राजधानी दिल्लीमा १६ डिसेम्बर २०१२ मा २३ वर्षकी मेडिकल विद्यार्थीलाई ६ जना पुरुषले एउटा बसमा बलात्कार गरेका थिए। ६ जनामध्ये एक राम सिंहले तिहाड जेलमै रहँदा आत्महत्या गरेका थिए। अर्का एक जना नाबालिग भएका हुँदा उनलाई सन् २०१३ मै सुधारगृह पठाइएको थियो। उनी तीन वर्षपछि रिहा भइ अहिले एउटा च्यारिटी संस्थाको संरक्षणमा रहेका छन्।
" /> काठमाडौं। निर्भया बलात्कार हत्याकाण्डका आरोपीलाई सुनाइएको फाँसीको सजाय तत्कालका स्थगित भएको छ। आज दिल्लीस्थित पटियला हाउस अदालतले तत्काल फाँसी नदिने फैसला गरेको हो।

">