काठमाडौं। न्यूजिल्याण्ड भ्रमणमा रहेको भारतले ट्वान्टी–२० अन्तर्राष्ट्रियमा पुनः एकपटक सुपर ओभरमा नतिजा आफ्नो पक्षमा पारेको छ।
निर्धारित २० ओभरको खेल बराबरीमा टुंगिएपछि नतिजा सुपर ओभरमा आएको हो। सुपर ओभरमा न्यूजिल्याण्डले एक विकेट गुमाएर १३ रन बनाएको थियो। ६ बलमा १४ रनको लक्ष्य पछ्याएको भ्रमणकारी भारतले पाँच बलमा एक विकेट गुमाएर १६ रन बनायो।
न्यूजिल्याण्डले सुपर ओभर खेलेको यो आठौं खेल हो। त्यसमध्ये न्यूजिल्याण्डको यो सातौं हार हो। न्यूजिल्याण्ड एकदिवसीय विश्वकपको फाइनलमा पनि इङ्ल्यान्डसँग सुपर ओभरमा पराजित भएको थियो। विश्वकप फाइनल यता न्यूजिल्याण्डले सुपर ओभर खेलेको यो तेस्रो पटक हो। तीनै खेलमा न्यूजिल्याण्ड पराजित भएको छ।
त्यसअघि टस हारेर ब्याटिङ थालेको भारतले २० ओभरमा आठ विकेट गुमाएर १६५ रन बनाएको थियो। न्यूजिल्याण्डमा पनि २० ओभरमा सात विकेट गुमाएर १६५ रन नै बनाएपछि खेल सुपर ओभरमा गएको हो।
भारतका मनिष पाण्डेले अविजित ५० रन बनाए। ओपनर केएल राहुलले ३९, सार्दुल ठाकुरले २०, शिभम दुबेले १२ तथा कप्तान विराट कोहली र नवदीप सैनीले समान ११ रन बनाए।
भारतका मनिष पाण्डेले अविजित ५० रन बनाए। ओपनर केएल राहुलले ३९, सार्दुल ठाकुरले २०, शिभम दुबेले १२ तथा कप्तान विराट कोहली र नवदीप सैनीले समान ११ रन बनाए। न्यूजिल्याण्डका इश सोधीले तीन, हामिष बेन्नेटले दुई तथा टीम साउथी, स्कट कग्गलिन र मिचेल सन्टनरले समान एक एक विकेट लिए।
न्यूजिल्याण्डलाई अन्तिम ओभरमा जितका लागि सात रनको अवश्यक थियो। रोस टेलर २४ तथा टीम सेइफर्ट ५७ रन बनाएर क्रिजमा थिए। भारतका कप्तान विराट कोहलीले अन्तिम ओभरमा शार्दुललाई विश्वास गरे।
शार्दुलले अन्तिम ओभरको पहिलो बलमै टेलरलाई श्रेयस ऐयरमार्फत क्याच गरे। दोस्रो बलमा डारयल मिचेलले चौका हाने। तेस्रो बलमा सेइफर्ट रन आउट भए। चौंथो बलमा सन्टनरले एक रन जोडे। शार्दुलले पाँचौं बलमा मिचेललाई दुबेमार्फत क्याच गरे। अन्तिम बलमा अन्तिम बलमा सन्टनरले दुई रन लिने क्रममा रनआउट भएपछि खेल सुपर ओभरमा गएको हो।
यसअघि तेस्रो ट्वान्टी–२० अन्तर्राष्ट्रिय पनि भारतले सुपर ओभरमा नतिजा निकालेको थियो। भारतले पहिलो खेल ६ विकेटले तथा दोस्रो खेल सात विकेटले जितेको थियो। यसँगै भारतले पाँच खेलको ट्वान्टी–२० अन्तर्राष्ट्रियमा ४–० को अग्रता लिएको छ।