कैदीको मृत्यु
चितवन। जिल्ला कारागार भरतपुरमा सजायँ भुक्तान गरिरहेका एक कैदीको मृत्यु भएको छ।

कारागार कार्यालयका अनुसार मृत्यु हुनेमा धादिङको गजुरी गाउँपालिका घर भएका ३७ वर्षीय साइला भनिने राजकुमार राई छन्।

क्यान्सर रोग भएपछि राईलाई काठमाडौंबाट २ असोजमा कारागार कार्यालय भरतपुर ल्याइएको थियो। उपचारका क्रममा बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा राईको आज विहान मृत्यु भएको हो।

कारागार प्रमुख कमलप्रसाद काफ्लेका अनुसार राईले जबरजस्ती करणी मुद्दामा विसं २०७३ मा छ वर्ष कैद सजायँ पाएका थिए। रासस

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्