सीआईबीले ललिता निवासको जग्गा हिनामिना सम्बन्धी छानविन प्रतिवेदन बुझायो

काठमाडौं। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले ललिता निवास क्याम्पभित्रको सरकारी जग्गा हिनामिना सम्बन्धी छानविन प्रतिवेदन सरकारलाई बुझाएको छ।

काठमाडौं महानगरपालिका–४ बालुवाटारस्थित ललिता निवास भित्रको सरकारी जग्गाको हिनामिनाको अनुसन्धान गर्न सरकारले सीआईबीलाई जिम्मेवारी दिइएको थियो।

मन्त्रिपरिषद्को २८ फागुन २०७५ मा बसेको बैठकले सीआईबीलाई अनुसन्धान गर्न दिने निर्णय गरेको थियो।

प्रहरी प्रधान कार्यालय मार्फत आज गृहमन्त्रालयलाई प्रतिवेदन बुझाइएको सीआईबीका प्रवक्ता, एसपी बेलवहादुर पाण्डेले जानकारी दिए।

ललितानिवास जग्गा प्रकरणमा राजनीतिक नेतृत्वदेखि पूर्वप्रशासकहरू मुछिएका थिए।

चरणबद्ध रूपमा सरकारी कर्मचारीलाई प्रलोभनमा पारेर ललिता निवासको करीब ११४ रोपनी सरकारी जग्गा व्यक्तिका नाममा दर्ता भेटिएको सीआईबीले जनाएको छ।

शुरूमा राणा परिवारले मालपोतका कर्मचारीहरूलाई मिलाएर जग्गा हात पारेको, नक्कली मोही खडा गरिएको र पछिल्लो चरणमा प्रधानमन्त्री निवासका नाममा समेत जग्गा हिनामिना गरिएको सीआईबीका निष्कर्ष छ।

बालुवाटारको करीब ११४ रोपनी सरकारी जग्गा २०४९ सालपछि निरन्तर अतिक्रमण हुँदै आएको थियो।

प्रतिक्रिया दिनुहोस्