काठमाडौंका यी सात स्थानमा भोलि दिनभर बत्ती नआउने <p>काठमाडौं। नेपाल विद्युत प्राधिकरणले १८ माघमा धापासी फिडरबाट वितरण हुने विद्युत दिनभर अवरुद्ध गर्ने भएको छ।</p> <p>चक्रपथ विस्तार कार्यको लागी नेपाल वन निगम लिमिटेडले रुख कटान गर्न लागेको हुँदा विद्युत अवरुद्ध गर्नु परेको भन्दै नेपाल विद्युत प्राधिकरणले सूचना प्रकाशन गरेको छ।</p> <p>प्राधिकरणका अनुसार, वसुन्धारा, सामाखुशी चोक, रानीबारी, गोंगबु चोक, टोखा रोड हुँदै ग्राण्डी हस्पीटल लगायतका क्षेत्रमा विहान ७ बजेदेखि दिउँसो ४ बजेसम्म विद्युत सट डाउन हुनेछ।</p> <p>निर्धारित समयभन्दा अगाडि नै रुख काट्ने काम सकिएमा भने चाँडै विद्युत सुचारु हुन सक्ने प्राधिकरणको सूचनामा उल्लेख छ।</p>
प्रतिक्रिया दिनुहोस्