काठमाडौं। पोखरा राइनोजले १६ माघमा ‘युनिभर्स बोस’ क्रिस गेल एभरेष्ट प्रिमियर लिग खेल्न नेपाल आउने उद्घोष गरेसँगै नेपालीमाझ क्रिकेट माहोल पुनः एकपटक तातेको छ।
ईपीएलका प्रबन्ध निर्देशक आमिर अख्तरले यसअघि नै गेल ईपीएल खेल्न नेपाल आउने बताएका थिए। तर, कुन टीमबाट खेल्ने भन्ने निश्चित नभइसकेका कारण गेल आउनेमा शंका कायमै थियो। तर, पोखरा राइनोजले आफ्नो टीमबाट खेल्न गेल १२ मार्चमा नेपाल आइपुग्ने बताएको छ।
गेल आफैंले भिडियो सन्देशमा भनेका छन्– ‘ईपीएल खेल्नका लागि म नेपाल आउँदैछु। नेपाल, खेल्नका लागि तयार रहनू। नेपालमै भेटाैंला।’
गेल ईपीएलले यस सिजन खेल्ने भनी सार्वजनिक गरेको चौंथो विदेशी खेलाडी हुन्। ईपीएलले सार्वजनिक गरेको विदेशी खेलाडीमध्ये गेल सबभन्दा ठूलो नाम हो।
ईपीएलमा मात्र होइन, नेपालको फ्रेन्चाइज लिगमै अहिलेसम्म खेल्ने विदेशी खेलाडीमध्ये गेल सबभन्दा ठूलो नाम हो। वेष्ट इन्डिजका ओपनर गेल विश्व क्रिकेटकै महान हस्ती हुन्। उनको नाममा क्रिकेटका थुप्रै कीर्तिमान छन्।
त्यसैले त पोखरा राइनोजकी मालिक दीपा अग्रवालले गेलको नाम सुन्नेवित्तिकै केही नसोची अनुबन्ध गर्ने निर्णय गरिन्। उनले थपिन्, “गेलको नाम नै काफी छ। अरू कुरा तपशिल हुन्। अरूले सोच्न थाले मैले केही नसोची ओके भनेँ। परिणामतः उनी हाम्रो टीममा छन्।”
क्रिकइन्फोका अनुसार गेलले टेष्ट क्रिकेटमा १५ शतक र ३७ अर्धशतक बनाएका छन्। एकदिवसीय अन्तर्राष्ट्रियमा २५ शतक र ५४ अर्धशतक बनाइसकेका छन्।
जमैकाका गेलले २००७ देखि २०१० सम्म वेष्ट इन्डिजको कप्तानी गरे। विष्फोटक ब्याट्सम्यान गेल वेष्ट इन्डिजबाट सबभन्दा धेरै खेल खेल्ने खेलाडी हुन्। वेष्ट इन्डिजबाट क्रिकेटका तीनै स्वरूपमा शतक बनाउने गेल एक्लो खेलाडी हुन्। उनले टेस्टमा तेहेरो शतक बनाएका छन् भने एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा दोहोरो शतक बनाएका छन्। उनले ट्वान्टी–२० क्रिकेटमा पनि शतक बनाएका छन्।
क्रिकइन्फोका अनुसार गेलले टेष्ट क्रिकेटमा १५ शतक र ३७ अर्धशतक बनाएका छन्। एकदिवसीय अन्तर्राष्ट्रियमा २५ शतक र ५४ अर्धशतक बनाइसकेका छन्। त्यस्तै ट्वान्टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा दुई शतक र १३ अर्धशतक बनाएका छन्।
गेलले इन्डियन प्रिमियर लिग (आईपीएल) मा रोयल च्यालेन्जर्स बेङलोरबाट खेल्दा ३० बलमा शतक पूरा गरेका थिए। त्यससँगै उनले ट्वान्टी–२० क्रिकेटमा व्यक्तिगत उच्च रन (१७५ अविजित) बनाएका थिए।
ट्वान्टी–२० क्रिकेटमा सबभन्दा धेरै शतक बनाउने कीर्तिमान पनि गेलकै नाममा छ। उनले २२ शतक बनाएका छन्। त्यसमध्ये १५ शतकमा उनी अविजित छन्। उनले ट्वान्टी–२० क्रिकेटमा दश हजारभन्दा धेरै रन पनि बनाइसकेका छन्।
गेलले आईपीएलमा रोयल च्यालेन्जर्स बेङ्लोर, कोलकत्ता नाइट राइडर्स, किंग्स–११ पञ्जाबबाट खेलिसकेका छन्। उनले अष्ट्रेलियाको बिग बास लिग, बंगलादेश प्रियिमर लिग, क्यारेबियन प्रिमियर लिग, पाकिस्तान प्रिमियर लिग र च्याम्पियन्स लिग ट्वान्टी–२० समेत खेलेका छन्।

उपुल थरङ्गा (श्रीलंका)
ईपीएलले अहिलेसम्म घोषणा गरेको अर्को चर्चित नाम हो, उपुल थरङ्गा।
थरङ्गाले ललितपुर प्याट्रियट्सबाट ईपीएल खेल्नेछन्। थरङ्गाले आईसीसी विश्वकप क्रिकेटको उपाधि जितिसकेको श्रीलंकाको कप्तानी गरिसकेका छन्। उनले २१ एकदिवसीय र ६ ट्वान्टी–२० अन्तर्राष्ट्रियमा श्रीलंकाको कप्तानी गरेका थिए।
बाँया हाते यी ब्याट्सम्यानले श्रीलंकाबाट तीनै स्वरूपका क्रिकेट खेलिसकेका छन्। श्रीलंकाका ओपनर थरङ्गाले विकेटकिपिङ पनि गर्छन्।
एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा सात पटक २०० माथिको साझेदारी गर्ने थरङ्गा दोस्रो खेलाडी हुन्। उनीबाहेक अष्ट्रेलियाका पूर्वकप्तान रिकी पोन्टिङले मात्र यो सफलता हासिल गरेका छन्।
उनी एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा उच्च स्कोर बनाउने श्रीलंकाको दोस्रो खेलाडी हुन्। उनले २०१३ मा भारतविरुद्ध अविजित १७४ रन बनाएका थिए। श्रीलंकाका सनथ जयसुर्याले १८९ रन बनाएका छन्।
थरङ्गाले ३१ टेष्ट खेलमा तीन शतक र आठ अर्धशतक बनाएका छन्। त्यस्तै एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा १५ शतक र ३७ अर्धशतक बनाएका छन्।

ड्वायन स्मिथ (वेष्ट इन्डिज)
वेष्ट इन्डिजका पूर्वअलराउन्डर ड्वायन स्मिथले पनि यो सिजन ईपीएल खेल्ने भएका छन्।
नेपालको ट्वान्टी–२० फ्रेन्चाइज लिग ईपीएलमा स्मिथले भैरहवा ग्लाडियटर्सबाट खेल्ने भएका हुन्। भैरहवाले स्थिमलाई आइकोनिक खेलाडी बनाएको छ। स्मिथलाई अनुबन्ध गरेको रकम भने भैरहवाले खुलाएको छैन।
स्मिथले वेष्ट इन्डिजबाट १० वटा टेष्ट खेलेका छन्। त्यसैगरी, १०५ एकदिवसीय अन्तर्राष्ट्रिय खेलिसकेका छन्। उनले ३३ ट्वान्टी–२० क्रिकेटमा वेष्ट इन्डिजको जर्सी लगाइसकेका छन्।
३६ वर्षे स्मिथले २००४ मा दक्षिण अफ्रिकाविरुद्ध वेष्ट इन्डिजबाट डेब्यू गरेका थिए। ट्वान्टी–२० अन्तर्राष्ट्रियमा भने उनले २००६ मा न्युजिल्यान्डविरुद्ध डेब्यू गरेका थिए।
स्मिथले टेष्टमा ३२० रन बनाएका छन् भने एकदिवसीय अन्तर्राष्ट्रियमा १५६० रन बनाएका छन्। ट्वान्टी–२० अन्तर्राष्ट्रियमा भने स्थिमले ५८२ रन बनाइसकेका छन्। एकदिवसीय अन्तर्राष्ट्रियमा ६१ विकेट लिइसकेका स्थिमले टेष्ट र ट्वान्टी–२० अन्तर्राष्ट्रियमा समान सात विकेट लिएका छन्।
स्मिथले आईपीएलमा चेन्नई सुपरकिंग्स्, डेक्कन चार्जर्स, गुजरात लायन्सबाट खेलिसकेका छन्। उनले पाकिस्तान सुपर लिगमा इस्लामावाद युनाइटेडबाट खेलेका थिए। काउन्टी क्रिकेटमा उनले सस्सेक्सबाट खेलिसकेका छन्। उनले बंगलादेश प्रिमियर लिग पनि खेलिसकेका छन्।

मोहम्मद शेहजाद (अफगानिस्तान)
अफगानिस्तानका आक्रामक ब्याट्सम्यान मोहम्मद शेहजादले चितवन टाइगर्सबाट ईपीएलको चाैंथो संस्करण खेल्नेछन्।
चितवन टाइगर्सले उनलाई पहिलो विदेशी खेलाडीका रूपमा टीममा अनुबन्ध गरेको हो। शेहजाद अफगानिस्तानका ओपनिङ ब्याट्सम्यान हुन्। दायाँ हाते ब्याट्सम्यान शेहजादले विकेटकिपिङ पनि गर्छन्। ३३ वर्षे शेहजादले ट्वान्टी–२० अन्तर्राष्ट्रियमा २०१० मा आयरल्यान्डविरुद्ध डेब्यू गरेका थिए।
त्यसअघि उनले २००९ मा नेदरल्यान्ड्सविरुद्ध एकदिवसीय अन्तर्राष्ट्रिय खेलेका थिए। टेष्ट क्रिकेटमा भने उनले २०१८ मा भारतविरुद्ध डेब्यू गरेका थिए।
बंगलादेश प्रिमियर लिग, अफगानिस्तान प्रिमियर लिग खेलिसकेका शेहजादले आबुधाबी टी–१० क्रिकेट पनि खेलिसकेका छन्। उनले अफगानिस्तानबाट दुई टेष्ट, ८४ एकदिवसीय अन्तर्राष्ट्रिय र ६५ ट्वान्टी–२० अन्तर्राष्ट्रिय खेलिसकेका छन्।

पुवुदु पनि आउँदै
ईपीएलले आफ्नो वेवसाइटमा दक्षिण अफ्रिकाका ब्याट्सम्यान हसिम अमला, इङ्ल्यान्डको तीब्र गतिका बलर लियम प्लङ्केट, वेष्ट इन्डिजकै केशरिक विलियम चौथो संस्करण खेल्न आउने भनेर राखेको छ। यद्यपि उनीहरू कुन क्बलबाट खेल्ने भन्ने टुंगो लागेको छैन।
नेपाली क्रिकेट टोलीका पूर्वप्रशिक्षक पुवुदु दायानायके पनि नेपाल आउने भएका छन्। उनले यसपटक भैरहवा ग्लाडियटर्सको प्रशिक्षण सम्हाल्नेछन्।
ईपीएलमा एक टोलीले तीन विदेशी खेलाडी राख्नु पर्ने प्रवाधान छ। ईपीएलले यस सिजन नेपालका अन्य फ्रेन्चाइज लिग खेलेका विदेशी खेलाडीलाई नखेलाउने निर्णय गरेको छ। त्यसकारण गत सिजन राम्रो प्रदर्शन गरेका बाबर हायत, रोहन मुस्तफालगायत भारतका समेत खेलाडीले २०२० सिजन ईपीएल खेल्न पाउने छैनन्।
चितवन टाइगर्सले गत वर्ष आयरल्यान्डका पाउल स्टर्लिङ तथा इङ्ल्यान्डका जोन सिम्सन र जर्स स्कटलाई टीममा राखेको थियो। त्यस्तै पोखरा राइनोजले दक्षिण अफ्रिकाका रिचर्ड लेभी, इङ्ल्यान्डका पाउल कघलिन, स्कटल्यान्डका केल कोट्जरलाई अनुबन्ध गरेको थियो। ललितपुरले सबै भारतीय खेलाडी अनुबन्ध गरेको थियो।
काठमाडौं किंग्स–११ ले आयरल्यान्डका केभिन ओ‘ब्रायनलाई अनुबन्ध गरेको थियो। न्यूजिल्यान्डका पाउल भान मिकरेन र भान डेर मार्वेले विराटनगर तथा रायन टेन डोसचेटले भैरहवा ग्लाडियटर्सलबाट खेलेका थिए। त्यसअघि दोस्रो संस्करणमा श्रीलंकाका पूर्वखेलाडी फरभेज माहरूफ सबैभन्दा ठूलो नाम थियो। माहरूफले काठमाडौं किंग्स–११ को कप्तानी गरेका थिए।
" /> काठमाडौं। पोखरा राइनोजले १६ माघमा ‘युनिभर्स बोस’ क्रिस गेल एभरेष्ट प्रिमियर लिग खेल्न नेपाल आउने उद्घोष गरेसँगै नेपालीमाझ क्रिकेट माहोल पुनः एकपटक तातेको छ।ईपीएलका प्रबन्ध निर्देशक आमिर अख्तरले यसअघि नै गेल ईपीएल खेल्न नेपाल आउने बताएका थिए। तर, कुन टीमबाट खेल्ने भन्ने निश्चित नभइसकेका कारण गेल आउनेमा शंका कायमै थियो। तर, पोखरा राइनोजले आफ्नो टीमबाट खेल्न गेल १२ मार्चमा नेपाल आइपुग्ने बताएको छ।

">