ट्रकको ठक्करबाट ट्रयाक्टर चालकको मृत्यु  <p>सुर्खेत। सुर्खेतको बीरेन्द्रनगरस्थित पिपिराचोक नजिकै आज भएको दुर्घटनामा एक जनाको मृत्यु भएको छ।</p> <p>ट्रकले ट्रयाक्टरलाई ठक्कर दिँदा भएको दुर्घटनामा ट्रयाक्टरका चालक प्रेम कार्कीको मृत्यु भएको हो। भे.१त ७५८९ नम्वरको ट्रयाक्टरलाई लु.१ख ७६७० नम्वरको ट्रकले पछाडिबाट ठक्कर दिएको थियो।&nbsp;</p> <p>ठक्करबाट ट्रयाक्टरका चालक ३४ वर्षीय कार्कीको घटनास्थलमै मृत्यु भएको हो। सुर्खेत प्रहरीकाअनुसार जाजरकोटको जुनीचाँदे गाउँपालिका&ndash;७ घर भएका कार्कीको ट्रयाक्टरको ट्रलीले च्यापिएर मृत्यु भएको हो।&nbsp;<br /> &nbsp;</p>
प्रतिक्रिया दिनुहोस्