यौन दुर्व्यवहारको आरोपमा एसएसपी सौरभ राणा निलम्बित

" /> यौन दुर्व्यवहारको आरोपमा एसएसपी सौरभ राणा निलम्बित

"> यौन शोषणको आरोपमा निलम्बित एसएसपी राणालाई पक्राउ गर्ने तयारी: Dekhapadhi
यौन शोषणको आरोपमा निलम्बित एसएसपी राणालाई पक्राउ गर्ने तयारी
काठमाडौं। एक महिलामाथि यौन शोषण गरेको आरोपमा निलम्बनमा परेका प्रहरी बरिष्ठ उपरीक्षक (एसएसपी) सौरभ राणालाई प्रहरीले पक्राउ गर्ने तयारी गरेको छ।

गृह मन्त्रालयले राणालाई हिंजो, १६ माघमा निलम्बन गरेको थियो। सुनसरीकी एक महिलाले दिएको उजूरीका आधारमा मन्त्रालयले राणालाई निलम्बन गरेको हो।

नेपाल प्रहरीका प्रवक्ता, डीआइजी शैलेष थापा क्षेत्रीले आचरणविपरित कार्य र यौन शोषणको आरोपमा निलम्बनमा परेका राणाविरुद्ध जिल्ला प्रहरी कार्यालय सुनसरीमा जाहेरी दर्ता भइसकेको देखापढीलाई बताए।

“जाहेरी दर्ता भएपछि सुनसरी प्रहरीले आवश्यक कानूनी प्रक्रिया अघि बढाइसकेको छ”, उनले भने।

राणाविरूद्ध जबरजस्ती करणीकाे आराेपमा सुनसरी जिल्ला प्रहरी कार्यालयमा जाहेरी परेपछि राणालाई पक्राउ गर्न प्रहरीले सुनसरी जिल्ला अदालतमा अनुमति मागेकाे छ।

पीडित भनिएकी महिलालाई आजै धरानस्थित वीपी काेइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा स्वास्थ्य परीक्षणका लागि लगिएकाे छ।

पढ्नुहाेस्

यौन दुर्व्यवहारको आरोपमा एसएसपी सौरभ राणा निलम्बित

प्रतिक्रिया दिनुहोस्