यौन दुर्व्यवहारको आरोपमा एसएसपी सौरभ राणा निलम्बित

काठमाडौं। गृह मन्त्रालयले यौन दुर्व्यवहारको आरोप लागेका नेपाल प्रहरीका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) सौरभ राणालाई निलम्बन गरेको छ।

गृह मन्त्रालयका सूचना अधिकारी उमाकान्त अधिकारीले राणालाई १६ माघमा निलम्बन गरिएको देखापढीलाई बताए।

धरानकी एक महिलाले आफूमाथि यौन दुर्व्यवहार गरेको भन्दै उजुरी गरेपछि मन्त्रालयले अनुसन्धानका लागि उनलाई निलम्बन गरेको हो ।

उजुरी परेपछि गृह मन्त्रालयले त्यसबारे छानबिन समिति गठन गरेको थियो। समितिको सिफारिसका आधारमा राणालाई निलम्बन गरिएको गृह स्रोतले बतायो।

निलम्बन गरिएको जानकारी प्रहरी प्रधान कार्यालयलाईसमेत गराइसकिएको छ। एसएसपी राणा संघीय प्रहरी इकाई कार्यालय धरानमा कार्यरत थिए।

उनीमाथि अनुसन्धान गर्न गृहले प्रहरी प्रधान कार्यालयलाई निर्देशन दिएको छ। निलम्बनमा परेका राणाले भने आरोप अस्वीकार गर्दै आएका छन्।

प्रतिक्रिया दिनुहोस्