आजै राती हुने तात्विक परिवर्तन के हुनेछ त ?
सैद्धान्तिक रुपमा धेरथोक परिवर्तन हुनेछ तर व्यवहारमा निकै कम। बेलायतले ईयु छोडे पनि राती ११ बजेर १ मिनेटमा (जिएमटी अनुसार) पनि उसले ईयुको कानून र युरोपेली अदालतलाई स्वीकारि रहनेछ। आउँदा महीनाहरूमा पनि यसले ईयु बजेटका लागि पैसा दिइरहनेछ र ईयुको कानूनमा हुने परिवर्तनलाई पनि स्विकारिरहनेछ। अर्थात् अधिकांश परिवर्तन सांकेतिक हुनेछ। ईयुका संस्थाहरूमा अर्थपूर्ण प्रतिनिधित्व गर्न र ईयुका नेताहरूको बैठकमा सहभागी हुन भने बेलायतलाई दिइनेछैन। यसको अर्थ हो, आउँदो केही महीनासम्म बेलायतले ईयुका नीति निर्माणमा कुनै भूमिका नखेली यसको कानून चुपचाप स्विकार्नेछ।
केमा परिवर्तन हुने छैन ?
सर्वसाधारणलाई प्रभाव पार्ने धेरै थोक जस्ताको तस्तै हुनेछ। व्यापार–व्यवसाय सधैंजस्तै स्वभाविक गतिमा चल्नेछ। संक्रमणकालभर युरोपमा यात्रा गर्ने मानिसलाई कुनै असर पर्नेछैन। यो अवधिभर ईयुका नागरिक युरोपभर स्वतन्त्रतापूर्वक घुम्न पाउनेछन्।
संक्रमण कालपछि के हुनेछ ?
संक्रमण कालको पहिलो चरणको अन्त्यसँगै दोस्रो चरण शुरु हुनेछ।
आउँदो ११ महीनामा बेलायत र ईयुबीच कुनै पनि सम्झौता हुनसकेन भने ब्रेक्जिट निर्मम हुनेछ। बेलायत सिंगो युरोपबाट पूर्णतः अलग्गिनेछ जसले दुवैतिर र सम्भवतः सिंगो विश्वलाई आर्थिक क्षति पुर्याउनेछ।
ब्रेक्जिटको संक्रमण काल ३१ डिसेम्बर २०२० मा सकिने छ। बेलायतले भविष्यमा ईयुसँग राख्ने सम्बन्धबारे यही ११ महीनाभित्र वार्ता गरिसक्नुपर्नेछ। यस बीचमा कुनै पनि सम्झौता हुनसकेन भने ब्रेक्जिट निर्मम हुनेछ। बेलायत सिंगो युरोपबाट पूर्णतः अलग्गिनेछ जसले दुवैतिर र सम्भवतः सिंगो विश्वलाई आर्थिक क्षति पुर्याउनेछ। दुवै पक्षले यो अवस्था पन्छाउन चाहन्छन्।
युरोपेली युनियनसँगको औपचारिक वार्ता ३ मार्चबाट शुरु हुनेछ। त्यहीबेला नै दुवै पक्षले आफ्ना प्राथमिकता र सिमितता तय गर्नेछन्।
व्यापारमा पार्ने असर
ईयु र बेलायतबीच हुने वार्ताहरू भविष्यको व्यापार सम्बन्धमा केन्द्रित हुनेछन्। व्यापारसम्बन्धी वार्ताहरू टुंगोमा पुग्न दशक नै नलागे पनि केही वर्ष त पक्कै लाग्नेछ। उदाहरणका लागि, क्यानडासँग ईयुको सम्झौताले आकार ग्रहण गर्न सात वर्ष लागेको थियो। आफ्नो जटिल आन्तरिक राजनीतिका कारण ईयुले सम्झौतालाई टुंगोमा पुर्याउन समय लगाउँछ। यद्यपि, आशाका किरणहरू किन जिवित छन् भने बेलायत–ईयु वार्ता गठबन्धनको विन्दुबाट शुरु हुनेछ। अरु व्यापार वार्ताभन्दा यो वार्ता यस अर्थमा फरक छ।
बेलायतले ईयुको बजारसम्म पहुँच राख्नका लागि कति तिर्नेछ भन्ने प्रश्न भने बाँकी नै रहनेछ। त्यस्तै सुरक्षा साझेदारी, उड्डयन र समुद्र प्रयोगबारे धेरै प्रश्न बाँकी नै रहनेछन्।
प्रधानमन्त्री जोन्सनले औपचारिक रुपमा सीमाहरू उल्लेख गरिसकेका छैनन्। तर आयात र निर्यातलाई सक्दो सम्भव बनाएर स्वतन्त्र व्यापार सम्झौता अस्विकार गर्नु उनका लागि सुरक्षित उपाय हुनेछ जसले बेलायतलाई ईयुका कठोर नियमहरूबाट मुक्त गराउनेछ। ईयुको नियमनबाट लचिलो भएर व्यापार कायम राख्न सके बेलायतलाई अमेरिका र चीनजस्ता देशसँग व्यापार सम्बन्ध बढाउन सजिलो हुनेछ।
–सीएनएनबाट
" />

">