नेपाल-अष्‍ट्रेलिया सिधा उडान गर्ने सम्झौता
दुई देशका प्रतिनिधिमण्डलबीच क्यानडामा भएको वार्तापछि आज समझदारी भएको हो।
क्यानडामा जारी अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन (आइकाओ) को ४० औँ महासभाका क्रममा भएको वार्तापछि अक्टुबर १ मा समझदारीमा हस्ताक्षर भएको हो।
समझदारी पत्रमा नेपालको तर्फबाट संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव सुरेश आचार्य र अष्ट्रेलियाको तर्फबाट संघीय पूर्वाधार, यातायात,शहरी एवम् क्षेत्रीय मन्त्रालयका कार्यकारी निर्देशक जोम वल्फले हस्ताक्षर गरेका छन्।
समझदारीअनुसार नेपालका एयरलाइन्सहरुले अष्ट्रेलियाको पर्थ, सिड्नी र ब्रिसबेनमा हप्तामा सात उडान गर्न पाउने छन्। अन्य विमानस्थलहरुमा पनि असिमित उडान गर्न पाउने छन्।
त्यस्तै अष्ट्रेलियाका एयरलाइन्सहरुले काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा हप्ताको सात उडान गर्न पाउनुको साथै पोखरा,भैरहवा लगायतका अन्य विमानस्थलहरुमा भने हप्तामा २८ उडान गर्नसक्ने छन्।
यो सम्झौतासँगै निर्धारण गरिएको क्षमतामा दुवै देशका जुनसुकै जहाजबाट कार्गो उडान गर्न स्वतन्त्र भएका छन्।
तोकिएका उडान संख्या न्यून भएमा तत्काल सम्झौता पुनरावलोकन गर्दै संख्या बढाउन सकिने समझदारीमा उल्लेख छ।
नेपाल अष्ट्रेलियका लागि विदेशी विद्यार्थी पठाउने तेस्रो ठूलो देश हो। चीन र भारतपछि नेपालबाट सबैभन्दा धेरै संख्यामा विद्यार्थी अष्ट्रेलिया जान्छन्। नेपाल र अष्ट्रेलियाबीच वार्षिक ९३ हजार यात्रुले यात्रा गर्छन्। अष्ट्रेलियाको राजधानी सिड्नी काठमाडौंबाट नौ हजार ७२८ किमि टाढा छ।
अष्ट्रेलियाबाट गत वर्ष करिब ४० हजार पर्यटक नेपाल भ्रमणका लागि आएका थिए।
सिधा उडान गर्नेबारे आज भएको सम्झौताले अध्ययनका लागि अष्ट्रेलिया जाने नेपाली विद्यार्थी र नेपाल भ्रमणका लागि आउने अष्ट्रेलियन पर्यटकलाई सजिलो हुनेछ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्