दाङ।  घोराही उपमहानगरपालिका–१० स्थित खैरा माध्यमिक विद्यालय संचालन सबै महिलाले गरिरहेका छन्। महिलाहरूबाट विद्यालय संचालन हुन थालेदेखि यो विद्यालयको मुहार नै फेरिएको छ।

बिहानको प्रार्थनाको लागि घण्टी बजाउने कार्यालय सहयोगीदेखि प्रधानाध्यापक, सहायक प्रधानाध्यापक, शिक्षिका, अन्य कर्मचारी सबै यहाँ महिला छन्।

प्रधानाध्यापक श्यामा रावत तीन वर्षदेखि विद्यालयको प्रअको जिम्मेवारी सम्हालिरहेकी छन्। विद्यालयको शैक्षिक वातावरण, सिकाइ उपलब्धि, व्यवस्थापन, छात्रछात्रा र अभिभावकसँगको घुलमिल सबैमा विद्यालय नमूना बनेको छ ।

“शिक्षक मात्र हुँदा जिम्मेवारी धेरै नहुने कर्तव्य पूरा गरे पुग्थ्यो भने प्रधानाध्यापक भएपछि कर्तव्य, जिम्मेवारी र उत्तरदायित्व धेरै हुँदो रहेछ” उनले भनिन्, “विद्यालयमा महिला प्रधानाध्यापक छ भन्ने थाहा नपाएका मानिस विद्यालयमा आए भने हेडसर खै ? बोलाइदिनुहोस् न भन्छन्। अनि मै हो हेड सरभन्दा दङ्ग परेर हेर्ने गर्छन्।”

यस विद्यालयमा प्रअदेखि पियनसम्म सबै कर्मचारी महिला आएपछि गत वर्षदेखि ९ र १० कक्षाको पढाइ थप भएको छ। नयाँ भौतिक संरचना बन्ने क्रममा छन्।

“हाल विद्यालयमा प्रअसहित १६ शिक्षका, एक जना कर्मचारी, एक जना कार्यालय सहयोगी सबै महिला छौं”, उनले भनिन्, “विद्यार्थी धेरै अनुशासित छन्। सिकायो भने ध्यान दिएर सुन्छन्, नबुझेको सोधीखोजी गर्छन्।”

महिला शिक्षिका र कर्मचारी आएपछि कक्षा कोठा सबै शैक्षिक सामग्रीले भरिएका छन्, बालबालिका स्वतन्त्ररुपमा अध्ययन गर्न पाएका छन्।

विद्यालयमा खानेपानी, शौचालय, छात्रालाई सेनेटरी प्याड र त्यसलाई विषर्जन गर्ने सुविधा छ। सहायक प्रधानाध्यापक विमला अधिकारी प्रअदेखि कर्मचारी, शिक्षक, कार्यालय सहयोगी सबै महिला भएकाले पछिल्लो समय शैक्षिक गुणस्तरमा सुधार आएको दाबी गर्छिन्।

“सबै शिक्षकलाई कामको जिम्मेवारी छ । प्रार्थना, अतिरिक्त क्रियाकलाप, साहित्यजस्ता विविध क्रियाकलापको जिम्मेवारीअनुसार सबैले आफ्नो जिम्मेवारी पूरा गर्नुहुन्छ”, उनले भनिन्, “हामीले एक पटक जिम्मेवारी बाँडेपछि कसैलाई काम अह्राउनु पर्दैन ।”

महिलाले नेतृत्व पाएमा गर्न सक्छन् भन्ने कुराको उदाहरण आफूहरु बनेको त्यहाँ कार्यरत महिला शिक्षिका बताउँछन् । जिल्लामा रहेका अन्य सामुदायिक विद्यालयभन्दा कम नभएको दाबी गर्छन् उनीहरु।

शिक्षा विकास तथा समन्वय एकाइ दाङले दिएको जानकारीअनुसार दाङका अन्य विद्यालयमा महिला प्रधानाध्यापक पनि छन् तर सबै महिलामात्रै भएको विद्यालय अरु छैन। अहिले जिल्लाको मौरीघाट माविमा सीता रिजाल, सरस्वती मावि काठेकोलमा वसन्ता पौडेल, रक्षाचौर माविमा विष्णु केसीले महत्वपूर्ण जिम्मेवारी सम्हालेर काम गरिरहेका छन्। ।

खैरा माविमा सबै महिला भएका कारण विद्यालयको शैक्षिक र भौतिक गुणस्तरमा निकै राम्रो सुधार आएको घोराही उपमहानगरपालिका शिक्षा महाशाखाका प्रमुख नारायण गौतम बताउँछन्। उनले विद्यालयको आर्थिक पारदर्शिता, सिकाइ क्रियाकलाप पनि नमूनायोग्य भएको उनको भनाइ छ। खैरा मावि बालमैत्री विद्यालयको रुपमा गत वर्ष नै घोषणा भएको थियो। रासस

" /> दाङ।  घोराही उपमहानगरपालिका–१० स्थित खैरा माध्यमिक विद्यालय संचालन सबै महिलाले गरिरहेका छन्। महिलाहरूबाट विद्यालय संचालन हुन थालेदेखि यो विद्यालयको मुहार नै फेरिएको छ।

"> एउटा विद्यालय जहाँ प्रअदेखि पियनसम्म सबै महिला: Dekhapadhi
एउटा विद्यालय जहाँ प्रअदेखि पियनसम्म सबै महिला

प्रतिक्रिया दिनुहोस्