टिपरको ठक्करबाट गोरखामा दूध बेच्न गएकी महिलाको मृत्यु

गोरखा। गोरखामा आज बिहानै दूध बेच्‍न जाँदै गरेकी एक महिलाको टिपरको ठक्करबाट मृत्यु भएको छ।

गोरखा नगरपालिका अमलपानीकी ५२ वर्षीया मनमाया तामाङको आज बिहान ग. १ ख ८०२७ नम्बरको टिपरले ठक्कर दिँदा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गोरखाका डीएसपी वासुदेव खतिवडाले देखापढीलाई बताए।

टिपर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

भुईँमा लडेकी ती महिलालाई ब्याक गरेर किचेर मारेको भन्दै आक्रोशित स्थानीयवासिन्दाले टिपरमा आगजनी र तोडफोड गरेका छन्।

"आफन्त र स्थानीयहरुले प्रदर्शन गरिरेहेका छन्। हामी भिड नियन्त्रणको प्रयासमा छौं", खतिवडाले भने।

गोरखा नगर नगरपालिकास्थित गोरखकाली क्रसर उद्योगको टिपरको ठक्करबाट ती महिलाको मृत्यु भएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्