काठमाडौं। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले चीनको वुहान लगायत अन्य क्षेत्रमा रहेका नेपालीहरूलाई फिर्ता गर्नुपर्ने अवस्था तत्काल नभएको जनाएको छ।

कोरोना भाइरसको संक्रमण बढेपछि अमेरिका, अष्ट्रेलिया लगायतका देशहरूले आफ्ना नागरिक फिर्ता बोलाइरहेको बेला नेपालले भने तत्काल फिर्ता बोलाउनुपर्ने अवस्था नरहेको बताएको हो।

आज भएको पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता महेन्द्र श्रेष्ठले अहिले नै चीनमा रहेका नेपालीहरूलाई फिर्ता गर्नुपर्ने अवस्था नभएको बताए।

अध्ययनका क्रममा वा कामको सिलसिलामा चीन गएका नेपालीहरूमा अहिलेसम्म कुनै संक्रमण नदेखिएको बताउँदै उनले अहिले नै फिर्ता गरिहाल्नुपर्ने अवस्था नभएको तर, यसका लागि आवश्यक तयारी भने गरिरहेको बताए।

“फिर्ता बोलाउने तयारी छ। तर, अहिले नै बोलाइहाल्नुपर्ने अवस्था छैन। फिर्ता बोलाएपछि अमेरिका लगायतका देशहरूले विभिन्न टापुमा लगेर १५ दिनका लागि राखेको छ। हामीले फिर्ता बोलाएपछि कहाँ राख्ने भन्ने विषयमा छलफल भएको छ”, उनले भने, “आर्मीले आफ्नो ब्यारेकमा कतिसम्म राख्न सक्छ भनेर पनि छलफल भएको छ। फिर्ता बोलाएपछि उहाँहरूलाई १५ दिन छुट्टै राख्नुपर्ने हुन्छ।”

स्वास्थ्य आपतकालिन तथा विपद् व्यवस्थापन एकाई प्रमुख सागर दाहालले त्रिभुवन विमानस्थलमा हेल्थ डेस्क नै स्थापना गरेर निगरानी बढाइरहेको जानकारी दिए। उनका अनुसार चीनसँग जोडिएका नाकाहरूमा पनि निगरानी शुरू गरिएको छ। रसुवागढी र तातोपानी नाकामा विशेष निगरानी बढाइएको उले बताए।

वुहानमा रहेका नेपाली विद्यार्थीहरूले आफुहरूको उद्धार गर्न चीनमा रहेको नेपाली दुतावासलाई आग्रह गरेका छन्। चीन लगायत विश्वका दर्जन बढी देशहरूमा कोरोना भाइरसको संक्रमण देखिएको छ। अहिलेसम्म १७० जनाको यो भाइरसका कारण मृत्यु भइसकेको छ।

" /> काठमाडौं। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले चीनको वुहान लगायत अन्य क्षेत्रमा रहेका नेपालीहरूलाई फिर्ता गर्नुपर्ने अवस्था तत्काल नभएको जनाएको छ।

कोरोना भाइरसको संक्रमण बढेपछि अमेरिका, अष्ट्रेलिया लगायतका देशहरूले आफ्ना नागरिक फिर्ता बोलाइरहेको बेला नेपालले भने तत्काल फिर्ता बोलाउनुपर्ने अवस्था नरहेको बताएको हो।

आज भएको पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता महेन्द्र श्रेष्ठले अहिले नै चीनमा रहेका नेपालीहरूलाई फिर्ता गर्नुपर्ने अवस्था नभएको बताए।

अध्ययनका क्रममा वा कामको सिलसिलामा चीन गएका नेपालीहरूमा अहिलेसम्म कुनै संक्रमण नदेखिएको बताउँदै उनले अहिले नै फिर्ता गरिहाल्नुपर्ने अवस्था नभएको तर, यसका लागि आवश्यक तयारी भने गरिरहेको बताए।

“फिर्ता बोलाउने तयारी छ। तर, अहिले नै बोलाइहाल्नुपर्ने अवस्था छैन। फिर्ता बोलाएपछि अमेरिका लगायतका देशहरूले विभिन्न टापुमा लगेर १५ दिनका लागि राखेको छ। हामीले फिर्ता बोलाएपछि कहाँ राख्ने भन्ने विषयमा छलफल भएको छ”, उनले भने, “आर्मीले आफ्नो ब्यारेकमा कतिसम्म राख्न सक्छ भनेर पनि छलफल भएको छ। फिर्ता बोलाएपछि उहाँहरूलाई १५ दिन छुट्टै राख्नुपर्ने हुन्छ।”

स्वास्थ्य आपतकालिन तथा विपद् व्यवस्थापन एकाई प्रमुख सागर दाहालले त्रिभुवन विमानस्थलमा हेल्थ डेस्क नै स्थापना गरेर निगरानी बढाइरहेको जानकारी दिए। उनका अनुसार चीनसँग जोडिएका नाकाहरूमा पनि निगरानी शुरू गरिएको छ। रसुवागढी र तातोपानी नाकामा विशेष निगरानी बढाइएको उले बताए।

वुहानमा रहेका नेपाली विद्यार्थीहरूले आफुहरूको उद्धार गर्न चीनमा रहेको नेपाली दुतावासलाई आग्रह गरेका छन्। चीन लगायत विश्वका दर्जन बढी देशहरूमा कोरोना भाइरसको संक्रमण देखिएको छ। अहिलेसम्म १७० जनाको यो भाइरसका कारण मृत्यु भइसकेको छ।

"> स्वास्थ्य मन्त्रालय भन्छ- चीनमा रहेका नेपालीलाई तत्काल फिर्ता गर्नुपर्ने अवस्था छैन: Dekhapadhi
स्वास्थ्य मन्त्रालय भन्छ- चीनमा रहेका नेपालीलाई तत्काल फिर्ता गर्नुपर्ने अवस्था छैन
काठमाडौं। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले चीनको वुहान लगायत अन्य क्षेत्रमा रहेका नेपालीहरूलाई फिर्ता गर्नुपर्ने अवस्था तत्काल नभएको जनाएको छ।

कोरोना भाइरसको संक्रमण बढेपछि अमेरिका, अष्ट्रेलिया लगायतका देशहरूले आफ्ना नागरिक फिर्ता बोलाइरहेको बेला नेपालले भने तत्काल फिर्ता बोलाउनुपर्ने अवस्था नरहेको बताएको हो।

आज भएको पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता महेन्द्र श्रेष्ठले अहिले नै चीनमा रहेका नेपालीहरूलाई फिर्ता गर्नुपर्ने अवस्था नभएको बताए।

अध्ययनका क्रममा वा कामको सिलसिलामा चीन गएका नेपालीहरूमा अहिलेसम्म कुनै संक्रमण नदेखिएको बताउँदै उनले अहिले नै फिर्ता गरिहाल्नुपर्ने अवस्था नभएको तर, यसका लागि आवश्यक तयारी भने गरिरहेको बताए।

“फिर्ता बोलाउने तयारी छ। तर, अहिले नै बोलाइहाल्नुपर्ने अवस्था छैन। फिर्ता बोलाएपछि अमेरिका लगायतका देशहरूले विभिन्न टापुमा लगेर १५ दिनका लागि राखेको छ। हामीले फिर्ता बोलाएपछि कहाँ राख्ने भन्ने विषयमा छलफल भएको छ”, उनले भने, “आर्मीले आफ्नो ब्यारेकमा कतिसम्म राख्न सक्छ भनेर पनि छलफल भएको छ। फिर्ता बोलाएपछि उहाँहरूलाई १५ दिन छुट्टै राख्नुपर्ने हुन्छ।”

स्वास्थ्य आपतकालिन तथा विपद् व्यवस्थापन एकाई प्रमुख सागर दाहालले त्रिभुवन विमानस्थलमा हेल्थ डेस्क नै स्थापना गरेर निगरानी बढाइरहेको जानकारी दिए। उनका अनुसार चीनसँग जोडिएका नाकाहरूमा पनि निगरानी शुरू गरिएको छ। रसुवागढी र तातोपानी नाकामा विशेष निगरानी बढाइएको उले बताए।

वुहानमा रहेका नेपाली विद्यार्थीहरूले आफुहरूको उद्धार गर्न चीनमा रहेको नेपाली दुतावासलाई आग्रह गरेका छन्। चीन लगायत विश्वका दर्जन बढी देशहरूमा कोरोना भाइरसको संक्रमण देखिएको छ। अहिलेसम्म १७० जनाको यो भाइरसका कारण मृत्यु भइसकेको छ।

प्रतिक्रिया दिनुहोस्