काठमाडौं। चोटबाट पूर्णमुक्त नभइसकेका प्रतिद्वन्द्वी रोजर फेडेररलाई सोझो सेटमा पराजित गरेका नोभाक जोकोभिच अस्ट्रेलियन ओपन टेनिसको उपाधि नजिक पुगेका छन्।
सर्वियाका जोकोभिचले फेडेररलाई ७–६(७/१), ६–४, ६–३ को सेटमा पराजित गरेका हुन्।
१७औं ग्राण्डस्लामको उपाधि जित्ने लक्ष्यमा रहेका जोकोभिचले अब उपाधिका लागि डोमिनिच थिएम र एलेक्जेन्डर जेभरेभसँग प्रतिस्पर्धा गर्नेछन्।
“पहिलो सेटको नतिजा उनको पक्षमा गएको भए खेलले अर्को मोड लिन पनि सक्थ्यो। किनकी उनले लय भेट्टाइसकेका थिए भने म शुरूमा केही नर्भस भएको थिए”, दोस्रो वरियाताका जोकोभिचले भने, “फेडेररलाई सम्मान गर्छु। उनले आज आफ्नो स्वभाविक प्रदर्शन गर्न सकेनन्।”
जितसँगै जोकोभिच कीर्तिमानी आठौं अस्ट्रेलियन ओपनको उपाधि नजिक पुगेका छन्। मेलबर्न पार्कको अघिल्ला दश प्रतियोगितामा जाकोभिचले तीन खेलमात्र हारेका छन्। साथै उनी ३८ वर्षे फेडेररको कीर्तिमानी ग्राण्डस्लाम उपाधिभन्दा तीन तथा राफेल नाडालभन्दा दुई उपाधिबाट टाढा रहनेछन्। नाडाल १५ माघमा थिएमसँग पराजित हुँदै प्रतियोगिताबाट बाहिरिसकेका छन्।
क्वार्टरफाइनलमा टेनी स्यान्डग्रेनविरुद्ध खेल्दा फेडेररको ‘ग्रोइन’ समस्या देखिएको थियो। उनले ‘मेडिकल टाइमआउट’ लिनु परेको थियो।