राष्ट्रसंघका महासचिवलाई सगरमाथा संवादमा निम्तो
काठमाडौं। चैत २०७६ मा नेपालमा आयोजना हुने सगरमाथा संवादमा सहभागी हुन संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटरेसलाई निमन्त्रणा दिइएको छ।

राष्ट्रसंघको ७४ औँ महासभा बैठकमा भाग लिन पुगेका परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले प्रधानमन्त्री केपी शर्मा ओलीका तर्फबाट महासचिव गुटरेसलाई निमन्त्रणा-पत्र हस्तान्तरण गरेका छन्।

कार्यक्रममा सहभागि हुने बारे महासचिव गुटरेसले सकारात्मक अभिव्यक्ति दिएका छन्।

राष्ट्रसंघको प्रधान कार्यालयमा भएको भेटवार्तामा महासचिव गुटरेसले शान्ति स्थापनामा नेपालले गरेको कामको प्रशंसा गरेका छन्। उनले नेपालको सामाजिक र आर्थिक विकासमा साझेदारी गर्न राष्ट्रसंघ प्रतिबद्ध रहेको बताएका छन्।

नेपालमा भएको राजनीतिक स्थायित्व र लोकतान्त्रिक रुपान्तरणको महासचिव गुटरेसले सराहना व्यक्त गरे । उनले शान्ति, प्रगति र समृद्धिको लागि नेपालीलाई शुभकामना दिएका छन्।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्