काठमाडौं। बंगलादेशी नागरिक ४५ वर्षीय मुहिउद्धिन अहमद परवेज पेशाले पर्यटन व्यवसायी थिए। उनले बंगलादेशकै ढाकामा ‘सन–वे टुर एण्ड ट्राभल्स’ सञ्चालन गर्थे। उनी त्यहाँस्थित पर्यटन व्यवसायीको संगठनमासमेत आबद्ध थिए।
पर्यटन व्यवसायमा लागेकाले उनी प्राय: नेपाल आइरहन्थे। तीन वर्षअघि उनले बंगलादेशको वोएली गाईवन्धा बस्ने ४४ वर्षीय नागरिक दुला मियाँलाई लेबनान पठाइदिने भन्दै तीन लाख बंगालादेशी रकम (करीब ४ लाख रूपैयाँ) लिए।
मियाँ आर्थिक अवस्था कमजोर भएका व्यक्ति थिए। उनलाई पैसा कमाउन लेबनान जाने इच्छा थियो। त्यसै अनुसार उनले लेबनान जाने आशामा मुहिउद्धिनलाई तीन लाख दिए।
पैसा दिएको तीन वर्ष हुँदा पनि उनी लेबनान जान पाएनन्। पर्यटन व्यवसायी मुहिउद्धिनलाई उनले पटक–पटक रकम फिर्ता पनि मागेका थिए। यसअघि ६ पटक नेपाल आइसकेका मुहिउद्धिनले नेपालको बाटो भएरै मियाँलाई लेबनान पठाउने भन्दै नेपाल ल्याए।
बंगालादेशबाट आउँदा सँगै ल्याएको ‘हेइग’ नामक स्कच ह्विस्कीको बोतलले टाउकोमा प्रहार गरे। लगत्तै फुटेको उक्त बोतलले नै घाँटीमा प्रहार गरेर हत्या गरे।
उनीहरू ६ माघमा ‘आईको हिमालयन एअरलाइन्स’बाट राति ८ः१५ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल ओर्लिए। त्यहाँबाट उनीहरू दुबैजना सोल्टीमोडस्थित होटल ग्राण्ड भिल्ला पुगे। उनीहरूले त्यहाँ ११४ नम्बर कोठा बुक गरेर बसे।
मियाँ नेपालबाटै भए पनि लेबनान जान पाइएला भन्ने आशमा थिए। ७ माघ दिउँसो २ बजे होटलमै खाना आएका उनीहरूले त्यसपछि विवाद गरे। “खाना खाने क्रममा विदेश पठाउने विषयमा नै उनीहरूबीच विवाद भएको देखिन्छ”, महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता, प्रहरी नायव उपरीक्षक होविन्द्र बोगटीले भने, “४ः३० बजे परवेजको हत्या भएको छ।”
खाना खाएर मुहिउद्धिन केहीबेर आराम गर्न गएका थिए। त्यही बेला मियाँले उनको हत्या गर्ने योजना बनाए।

८ माघमा मात्रै घटना बाहिर आयो। त्यस बेलासम्म मियाँ भने फरार भइसकेका थिए। ७ माघ बेलुका ५ः३० बजे मियाँ झोला बोकेर बाहिरिएको देखिन्छ। तर, उनी फर्केर भने आएनन्। ८ माघ दिउँसो ४ बजे होटलका कर्मचारीले कोठा खोलेर हेर्दा रगतले लतपतिएको अवस्थामा मुहिउद्धिनको शव देखे।
“हत्या भएकै दिन मियाँ भागिसकेका थिए। हामीले भारत छिर्ने सम्भावित नाकामा तत्कालै प्रहरी परिचालन गरेर खोजी तीव्र पारेका थियौं,” महानगरीय प्रहरी वृत कालिमाटीका डीएसपी रुगम कुँवरले बताए।
कोलकत्तासम्म पुगिसकेका थिए मियाँ
प्रहरीका अनुसार ८ माघ दिउँसो ४ः३० बजे हत्या गरेपछि मियाँ सोल्टी होटलको पछाडिबाट बाफल हुँदै कंलकी पुगे। राति ८ बजे उनले वीरगंज जाने बस समाते।
त्यहाँबाट भारत छिर्ने प्रयास गरेका उनी असफल भए। किनभने बंगलादेशी नागरिक रहेका उनीसँग नेपाल प्रवेशको मात्रै भिषा थियो। त्यसपछि उनी झापाको काकड्भिट्टा पुगे। काकड्भिट्टा देखि करीब २७ किलोमिटरको दूरीमा बंगलादेशको सीमा छ।
उनी त्यहाँबाट सिधै कोलकत्तास्थित बंगलादेशी दूतावास पुगेर आफूलाई स्वदेश फिर्ता पठाइदिन आग्रह गरे। तर, त्यहाँस्थित दूतावासले भारतको भीषा नभएको भन्दै नेपालबाटै फर्कन भन्यो। उनी त्यहाँबाट पुनः नेपाल आए र काकड्भिट्टाबाट लहान आउने बस समाते।
प्रहरीले यसबीचमा काकड्भिट्टासम्म उनको फोटोसहित हुलिया जानकारी गराइसकेको थियो। १५ माघ राति १० बजे इलाका प्रहरी कार्यालय लहानले उनलाई नियन्त्रणमा लियो र काठमाडौं पठायो। पक्राउ परेका उनले हत्या गरेको स्वीकार गरिसकेको प्रहरीले दाबी गरेको छ।
प्रहरीले मृतकको पोष्टमार्टम गरेर नेपालस्थित बगंलादेशी दूतावाससँग समन्वय गरी शव परिवारलाई जिम्मा लगाउन बंगलादेश पठाइसकेको छ। पक्राउ परेका मियाँविरुद्ध कर्तव्य ज्यान मुद्दा दर्ता गरी थप अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ।
क्यासिनो खेल्नकै लागि उनी मलेसिया, श्रीलंका, भारतको गोवा लगायतका ठाउँमा समेत जाने गरेको अनुसन्धानबाट खुलेको छ। क्यासिनो खेल्न आवश्यक पर्ने पैसा जुटाउनकै लागि उनले विभिन्न व्यक्तिलाई विदेश पठाइदिने भन्दै रकम लिने र विदेशसमेत नपठाउने र ठग्ने गरेको देखिन्छ।
क्यासिनोको लतमा फसेका थिए मुहिउद्धिन
अध्यागमन विभागको तथ्यांक अनुसार पर्यटन व्यवसायी मुहिउद्धिन विभिन्न समयमा गरी ६ पटक नेपाल आएको देखिन्छ ।
क्यासिनाको लतमा फसेका उनी खेल्नकै लागि नेपाल आउने गरेको प्रहरीको अनुसन्धानबाट खुलेको छ। उनी काठमाडौंस्थित विभिन्न ठूला–ठूला क्यासिनोमा पुगेर खेल्ने गरेकोे भेटिएको छ।

उनी काठमाडौंमा रातिको समयमा ओर्लने रातभर क्यासिनो खेल्ने र केही समय आराम गरेर पुनः बंगलादेश फर्कने गरेको अनुसन्धानबाट खुलेको छ। ७ माघमा काठमाडौं ओर्लिएका उनले ९ माघमा फर्किने टिकट समेत लिइसकेका थिए।