काठमाडौं। नागरिकता कानूनविरुद्ध दिल्लीको जामिया मिलिया इस्लामिया विश्वविद्यालयमा प्रदर्शनरत प्रदर्शनकारीमाथि आज दिउँसो एकजना अपरिचित व्यक्तिले गोली प्रहार गरेका छन्। उनले चलाएको गोलीले एकजना घाइते भएका छन्।
भिडियोमा ती व्यक्तिले कालो ज्याकेट र सेतो ट्राउजर लगाएका छन्। उनले ‘ये लो आजादी’ (लौ लेऊ आजादी) भन्दै प्रदर्शनकारीमाथि गोली चलाएका थिए।
उनलाई तुरुन्तै प्रहरीले पक्राउ गरेको छ।
गोली लागी घाइते भएका व्यक्तिलाई अल इण्डिया इन्स्टिच्युट अफ् मेडिकल साइन्सेज (एआइआइएमएस) को ट्रमा सेन्टरमा लगिएको छ।
यो घटनालाई नागरिका कानून विरोधी प्रदर्शनमाथि भइरहेका आक्रमणको सिलसिलाको रूपमा हेरिएको छ।
गत महीना नागरिकता कानूनको विरोध गरिरहेका जामिया मिलिया इस्लामिया विश्वविद्यालयका विद्यार्थीमाथि प्रहरीले हातपात गरेको थियो। यही महीना जवाहरलाल विश्वविद्यालयको छात्रावासमा मुख छोपेका मानिसहरू पसी शिक्षक र विद्यार्थीहरूलाई घाइते बनाएका थिए।
अर्कोतर्फ, आजै साहिन बागमा प्रदर्शनरत महिलालाई जामिया मिलिया इस्लामियादेखि महात्मा गान्धीको स्मृति स्थल राजगढसम्म प्रदर्शन गर्न प्रहरीले रोक लगाएको थियो। साहिन बागमा ६ हप्तादेखि महिलाहरूले नागरिकता कानूनविरुद्ध प्रदर्शन गरिरहेका छन्।
संशोधित नागरिकता कानून (सीएए) अल्पसंख्य मुसलमानको अहितमा भएको भन्दै त्यसविरुद्ध भारतका विभिन्न शहरमा लगातार प्रदर्शनहरू भइरहेका छन्।
संशोधित नागरिकता कानूनले भारतमै पहिलोपटक नागरिकतालाई धर्मसँग जोडेको छ। सरकार भन्छ, यो कानूनले तीनवटा मुसलमान बहुल देशका अल्पसंख्यकलाई यदि उनीहरू भागेर भारतमा आए नागरिकता सुनिश्चित गर्छ। आलोचकहरू भने यो कानूनले मुसलमानलाई विभेद गर्ने र संविधान निसृत धर्मनिरपेक्षता उल्लंघन गर्ने दाबी गरिरहेका छन्।
" /> काठमाडौं। नागरिकता कानूनविरुद्ध दिल्लीको जामिया मिलिया इस्लामिया विश्वविद्यालयमा प्रदर्शनरत प्रदर्शनकारीमाथि आज दिउँसो एकजना अपरिचित व्यक्तिले गोली प्रहार गरेका छन्। उनले चलाएको गोलीले एकजना घाइते भएका छन्।भिडियोमा ती व्यक्तिले कालो ज्याकेट र सेतो ट्राउजर लगाएका छन्। उनले ‘ये लो आजादी’ (लौ लेऊ आजादी) भन्दै प्रदर्शनकारीमाथि गोली चलाएका थिए।

">