"> क्रिस गेलले पोखरा राइनाेजबाट ईपीएल खेल्ने: Dekhapadhi
क्रिस गेलले पोखरा राइनाेजबाट ईपीएल खेल्ने
काठमाडौं। अन्तर्राष्ट्रिय क्रिकेटदेखि घरेलु फ्रेन्चाइज लिगमा समेत विष्फोटक व्याट्स्म्यानको छबि बनाएका वेस्ट इन्डिजका क्रिकेटर क्रिस खेल एभरेष्ट प्रिमियर लिग (ईपीएल) मा खेल्ने भएका छन्।

आउँदो १ चैतमा शुरु हुने ईपीएलको यो सिजनका लागि गेललाई पोखरा राइनाेजले अनुबन्ध गरेको हो।

यसबारे जानकारी दिन पोखरा राइनाेजले आयाेजना गरेकाे पत्रकार सम्मेलनमा क्लबका व्यवस्थापक दीपा अग्रवालले गेलकाे आगमनले नेपाली क्रिकेट अगाडि बढिरहेकाे प्रमाणित भएकाे बताइन्। पत्रकार सम्मेलनमा गेलले भिडिओ सन्देश पठाएका थिए।

पोखरा राइनाेजका अधिकारीहरुका अनुसार गेलले यसपालिको ईपीएलमा शुरुका केही खेल खेल्नेछन् । त्यसपछि उनी फर्कनेछन्।

गेल फर्केपछि वेस्ट इन्डिजकै अलराउण्डर कार्लोस ब्रेथवेटले पोखरा राइनाेजबाट खेल्नेछन्।

यसपालिको ईपीएलमा भैरहवा ग्लाडियटर्सले वेष्ट इण्डिजका ड्वायन स्मिथलाई तथा ललितपुर प्याट्रियट्सले श्रीलंकाका पूर्व कप्तान उपुल थरंगालाई अनुबन्ध गरिसकेको छ।

त्यसैगरी अफगानिस्तानका आक्रामक ब्याट्सम्यान मोहम्मद शेहजादले चितवन टाइगर्सबाट एभरेष्ट प्रिमियर लिग खेल्ने निश्चित भएको छ।

प्रतिक्रिया दिनुहोस्