काठमाडौं। ‘रिफ्रेसमेन्ट’का लागि ललितपुर महानगरपालिका वडा नम्बर १४ मा रहेको फिटनेस सेन्टर पुगेका एक दम्पतीले गएराति त्यहीँ नै ज्यान गुमाए।
‘फिट एण्ड फाइन’ जिमखानामा जिम गरिसकेपछि साउना बाथ लिन गएका ललितपुर–१४ का ४० वर्षीय हस्त थापा र उनकी श्रीमती ३७ वर्षीया नेत्र पुनको मृत्यु भएको हो।
महानगरीय प्रहरी परिसर ललितपुरका प्रमुख, एसएसपी टेकप्रसाद राईका अनुसार लामो समय साउनाबाट ननिसक्नेपछि ढोका फोडेर हेर्दा उनीहरू अचेत अवस्थामा फेला परेका थिए। उपचारका लागि पाटन अस्पताल पुर्याएपछि चिकित्सकले थापा र पुनलाई मृत घोषित गरेका थिए। साउना बाथ लिने क्रममा निसास्सिएर उनीहरूको मृत्यु भएको हुन सक्ने प्रहरीको अनुमान छ।
ललितपुरको यो घटनाले नेपालका फिटनेस सेन्टरहरू कति जोखिमपूर्ण छन् भन्ने उजागर गरेको छ। त्यतिमात्र होइन, यसले फिटनेस सेन्टरहरूले गरिरहेको लापरवाही र सुरक्षामा गरिरहेको खेलाँचीलाई समेत उदांगो पारेको छ।
न सुरक्षा न अनुगमन
मध्यमस्तरको आय भएका नेपाली ‘रिफ्रेसमेन्ट’का लागि साउना बाथ लिन फिटनेस क्बल जाने गर्छन्। लामो समयको कामको थकान–तनाव हट्ने र शरीरमा पुनर्ताजगी मिल्ने हुँदा काठमाडौं वरपरका शहरमा फिटनेस क्लब खुल्ने क्रम पनि बढेको छ।
तर, फिटनेस सेन्टर र क्लबहरूमाथि कुनै अनुगमन छैन। कतिसम्म भने यिनका लागि स्पष्ट मापदण्ड पनि छैन। र, ज्यानै लिने यस्ता घटना निम्तिने जोखिम उच्च छ। ‘रिफ्रेसमेन्ट’का लागि मसाज र साउना बाथ लिन फिटनेस सेन्टर जाँदा त्यसको प्राविधिक ज्ञानसमेत आवश्यक हुन्छ। किनभने साउना बाथलाई हल्का र रमाइलोको रूपमा लिँदा ज्यानै जान सक्ने जोखिम रहन्छ।
साउना बाथका लागि विशेष प्रकारको कोठा तयार गरिएको हुन्छ। सबैजसो फिटनेस सेन्टर–क्लबले साउना बाथ लिने कोठामा बस्न काठको मेच बनाएका हुन्छन्। कतै कोठाको मध्यभाग र कतै छेउ कुनामा विशेष प्रकारको ढुङ्गा राखिएको हुन्छ। त्यो ढुंगालाई विद्युतबाट तताइन्छ। त्यही तातोबाट साउना बाथ लिने गरिन्छ।

साउना लिने व्यक्तिलाई ‘ड्राइ फिल’ भयो भने तातेको ढुङ्गामा पानी हालेर सामान्य वाफ निकालिन्छ।
यस्तै प्रकारको ‘स्टिम बाथ’ पनि हुन्छ। यसका लागि कोठामा मार्वल अथवा टायल विछ्याइएको हुन्छ। स्टिम बाथको मेसिन कोठाभन्दा बाहिर राखिएको हुन्छ। ट्रयाङक्वीलिटी स्पाका अध्यक्ष भुवन फैजु भन्छन्, “साउना बाथको लागि आउने मान्छेले नबुझेर वा नजानेर ढुङ्गामा धेरै पानी हालेर आवश्यकताभन्दा बढी वाफ निकाल्छन्। त्यसैले निसास्सिने सम्भावना पनि हुन्छ।”
त्रिपुरेश्वरस्थित जस्मिन एण्ड फिटनेस सेन्टरका फिटनेस डाइरेक्टर निरज लामाले भने, “साउनाभित्र धेरै लामो समय बस्नु हुँदैन। आफूलाई असहज महशुस हुनासाथ बाहिन निस्कनुपर्छ। केहीबेर बाहिरको हावा लिने, पानी पिउने गरेर सहज महशुस भएपछि मात्रै फेरि साउना बाथको लागि कोठा भित्र छिर्नुपर्छ।”
साउना बाथको लागि कोठाभित्र बस्दा कोठाको चुकुल बन्द गर्न पाइँदैन।
महिला र पुरूष एकै ठाउँ कसरी ?
ललितपुर प्रहरी प्रमुख, एसएसपी राईका अनुसार साउन बाथ लिन पसेको लामो समय बित्दा पनि बाहिर ननिस्केपछि ढोका फोडेर हेर्दा उनीहरू अचेत अवस्थामा भेटिएका थिए। यहीँनेर प्रश्न उठ्छ– ढोकाको चुकुल लगाउन नपाइने साउन बाथमा किन ढोकाको चुकुल बन्द गरियो?
यहाँनेर अझ डरलाग्दो अर्को तथ्य छ। एसएसपी राईका अनुसार मृतक दम्पतीलाई जिमखानाको एउटै कोठाबाट उद्दार गरिएको थियो। “बेहोस अवस्थामा भएको जानकारी पाएपछि हामी पुगेका हौं। उद्धार गरेर अस्पताल पुर्यायौं। अस्पतालले मृत घोषणा गर्यो। फिटनेस क्लबका सञ्चालकलाई नियन्त्रणमा लिएका छौं। कसरी घटना भयो भन्ने बारेमा अनुसन्धान गरिरहेका छौं”, उनले भने।
साउना बाथ लिने महिला र पुरुषको अलग–अलग ठाउँ वा कोठा हुन्छ। अर्थात्, एकै ठाउँमा महिला र पुरुषलाई राखिदैन। ललितपुरको यो जिमखानामा चाहिँ दम्पती नै एकै ठाउँ कसरी भेटिए? जिमखाना सञ्चालकले दम्पतीलाई नै एकै ठाउँमा किन राखे? अहिलेसम्म यो प्रश्नको उत्तर प्रहरीले पनि खोजेको छैन।
यस्तो किन भइरहेको छ त? “साउना बाथ र मसाजमा अनुगमन नै हुँदैन”, एक फिटनेस सेन्टरका सञ्चालकले भने, “अनि जे गरे पनि हुन्छ। कतिपयले एउटै कोठामा महिला र पुरुषलाई सँगै साउना बाथका लागि राख्छन्।”
त्रिपुरेश्वरस्थित जस्मिन एण्ड फिटनेस सेन्टरका फिटनेस डाइरेक्टर निरज लामा साउना वा स्टिम बाथको लागि पुरुष र महिलालाई एकै ठाउँमा राख्न नमिल्ने बताउँछन्। “यूरोपेली देशमा महिला र पुरुषले एउटै कोठामा साउना लिने प्रचलन भए पनि नेपालमा त्यस्तो छैन। महिला र पुरुषको लागि या कोठा अलग्गै हुन्छ, या महिला र पुरुषलाई अलग–अलग समयमा साउन बाथ गराइन्छ”, उनले भने।
पाँचतारे होटलहरूले भने महिला र पुरुषको साउना बाथको लागि फरक– फरक कोठाकै व्यवस्था गरेका हुन्छन्। सोल्टी क्राउन प्लाजा होटलमा साउना बाथको लागि महिला र पुरुषको फरक कोठाको व्यवस्था गरिएको होटलका मार्केटिङ म्यानेजरले जानकारी दिए। उनले आफ्नो परिचय भने खुलाउन चाहेनन्।
तर, कतिपय मसाज सेन्टरमा भने महिला र पुरुषलाई एकै ठाउँमा राख्ने गरिएको एक फिटनेस क्लब सञ्चालकले बताए।

अवस्था कस्तोसम्म छ भने ललितपुर प्रहरी प्रमुख, एसएसपी राईले आफूलाई फिटनेस सेन्टरको अनुगमन गर्ने निकायबारे अहिलेसम्म जानकारी नभएको जवाफ दिए।
कतिसम्म भने, नेपालमा फिटनेस सेन्टर सञ्चालनका लागि सरकारी निकायबाट कुनै निश्चित मापदण्ड नै निर्धारण गरिएको छैन।
ट्रयाङक्वीलिटी स्पाका फैजु भन्छन्, “फिटनेसको क्षेत्रमा काम गरेको २२ वर्ष भयो। आजसम्म कुनै नियमन गर्ने निकाय र मापदण्डको बारेमा मैले जानकारी पाएको छैन। हामीले विदेशबाट सिकेर त्यहीँको गुणस्तर अनुसार सेवा दिने गरेका छौं।”
" /> काठमाडौं। ‘रिफ्रेसमेन्ट’का लागि ललितपुर महानगरपालिका वडा नम्बर १४ मा रहेको फिटनेस सेन्टर पुगेका एक दम्पतीले गएराति त्यहीँ नै ज्यान गुमाए।‘फिट एण्ड फाइन’ जिमखानामा जिम गरिसकेपछि साउना बाथ लिन गएका ललितपुर–१४ का ४० वर्षीय हस्त थापा र उनकी श्रीमती ३७ वर्षीया नेत्र पुनको मृत्यु भएको हो।

">