काठमाडौं। भारतीय खेलाडी उत्तम राईको गोलमा फ्रेण्ड्स क्लबले आज शहीद स्मारक ‘ए’ डिभिजन लिगमा च्यासल युथ क्लबलाई १–० ले पराजित गरेको छ।
जितसँगै फ्रेण्ड्स क्लब नवौं स्थानमा उक्लिएको छ। फ्रेण्ड्स क्लबलाई तेस्रो जित दिलाउन उत्तमले खेल सकिन ६ मिनेट बाँकी छँदा गरेको गोल निर्णायक बन्यो। विश्व अधिकारीको फ्रिकिकलाई च्यासलका गोलकिपर एलन न्यौपानेले राम्रो नियन्त्रणमा लिन नसक्दा रिबाउन्डमा प्राप्त बललाई उत्तमले पोष्टको दिशा दिएका हुन्।
जारी लिगमा उत्तमको यो चौथो गोल हो। लिगमा अहिलेसम्म सबभन्दा धेरै गोल गर्ने सन्तोष साहुखल(६)को भन्दा दुई गोलले कम हो।
लिगमा चार खेल बाँकी रहँदा फ्रेण्ड्स क्लबले ११ अंक जोडेको छ। फ्रेण्ड्स क्लबले तीन जित र दुई बराबरी खेलेको छ भने चार खेल हारेको छ। फ्रेण्ड्सले यसअघि थ्री स्टार र सरस्वती युथ क्लबलाई पराजित गरेको थियो। नौं अंकको च्यासल भने फ्रेण्ड्स भन्दा एक स्थान तल छ। च्यासलको यो चौथो हार हो। च्यासलले दुईमा जित र तीन खेल बराबरी खेलेको छ।
३०औं मिनेटमा वाग्नर डी कार्मोले हानेको फ्रिकिक फ्रेममा पर्न सकेन। च्यासलका बिक्रम लिम्बुले उत्तमलाई लडाएपछि फ्रेण्ड्सले राम्रो स्थानमा फ्रिकिकको अवसर पाएको थियो।
त्यसअघि प्रिजेन तामाङले पनि राम्रो स्थानबाट हानेको फ्रिकिकले पोष्टको दिशा लिन सकेको थिएन। च्यासलले बल पोसेसनमा राम्रो राखे पनि गोलको अवसर भने सिर्जना गर्न सकेन।
आजै नवौं चरणको अन्तिम खेलमा न्यूरोड टीम (एनआरटी)ले ब्रिगेड ब्वाइजसँग दशरथ रंगशालामा प्रतिस्पर्धा गर्दैछ।
" /> काठमाडौं। भारतीय खेलाडी उत्तम राईको गोलमा फ्रेण्ड्स क्लबले आज शहीद स्मारक ‘ए’ डिभिजन लिगमा च्यासल युथ क्लबलाई १–० ले पराजित गरेको छ।जितसँगै फ्रेण्ड्स क्लब नवौं स्थानमा उक्लिएको छ। फ्रेण्ड्स क्लबलाई तेस्रो जित दिलाउन उत्तमले खेल सकिन ६ मिनेट बाँकी छँदा गरेको गोल निर्णायक बन्यो। विश्व अधिकारीको फ्रिकिकलाई च्यासलका गोलकिपर एलन न्यौपानेले राम्रो नियन्त्रणमा लिन नसक्दा रिबाउन्डमा प्राप्त बललाई उत्तमले पोष्टको दिशा दिएका हुन्।

">