जाम खुलाउन प्रहरीको अप्रेसन टोली
काठमाडौं। राजमार्गमा केहि दिनबाट बढेको सवारी जाम खुलाउन नेपाल प्रहरीले अप्रेसन टोली खटाएको छ।

नौविसे–नागढुंगा सडक खण्डमा सवारी जाम नियन्त्रण गरि यात्रुहरुलाई सुरक्षित र सहज बनाउन धादिङ प्र्रहरीले ‘राजमार्ग अप्रेसन टोली’ परिचालन गरेको हो।

जिल्ला प्रहरी प्र्रमुख राजकुमार बैदवारको नेतृत्वमा गठन गरिएको टोलीमा प्रहरी नायव उपरीक्षक रुपक खड्का, गजुरी प्रहरी नायव उपरीक्षक खगेन्द्रबहादुर खड्का, गजुरीस्थित जिल्ला ट्राफिक इन्चार्ज नेत्रप्रसाद भट्ट र खानीखोला प्रहरी निरीक्षक रुकबहादुर खड्का छन्।

यात्रामा कुनै पनि असहज महशुस भए वा सवारी जाम भए तत्काल खबर गर्न प्रहरीले अनुरोध गरेको छ।

सडकमा ओभरटेकको समस्या देखिएकोले प्रत्येक सय मिटरमा प्रहरी परिचालन गरि सवारी अनुशासनलाई कडाइ गरिएको कान्तिपुर दैनिकमा समाचार छ।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्