काठमाडौं। रुपन्देहीमा कवाडी सामान भरिएको बोराले किच्दा एकै परिवारका चारजनाको मृत्यु भएको छ।
उनीहरु सुतेकै ठाउँमा च्यापिएका थिए।
गएरातिको सो घटनामा भारतको बोलिया जिल्ला घर भइ सिद्धार्थनगर नगरपालिका-६ मा बस्दै आएका ३० वर्षीय सहजाद हुसेन, उनी श्रीमती २८ वर्षीया सद्दाव खातुन साथै छ वर्षीय छोरा सुल्तान रजा र २ वर्षीया छोरी सहिनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, रुपन्देहीका इन्सपेक्टर केशवराज ज्ञवालीले देखापढीलाई बताए।
हुसेनको परिवारले सिद्धार्थनगर क्षेत्रमा लामो समयदेखि कवाडी सामान संकलन गरेर जिविका चलाउँदै आएको थियो।
"कवाडीको बोरा खात लगाएर राखेको साँघुरो कोठामा सँगै सुतेका चारैजनालाई बोरा चिप्लिएर खस्दा निसास्सिएर मृत्यु भएको अवस्थामा आज बिहान भेटियो", इन्सपेक्टर ज्ञवालीले भने।
चारैजनाको शव पोस्टमार्टमका लागि भैरहवास्थित भीम अस्पतालमा राखिएको छ ।
" /> काठमाडौं। रुपन्देहीमा कवाडी सामान भरिएको बोराले किच्दा एकै परिवारका चारजनाको मृत्यु भएको छ।उनीहरु सुतेकै ठाउँमा च्यापिएका थिए।

">