काठमाडौं। मकवानपुरमा प्रहरीले ६३ किलो गाँजा बरामद गरेको छ।
हेटौंडा उपमहानगरपालिका–१९ नेवारपानीस्थित पूर्व-पश्चिम लोकमार्गको सडकखण्डमा जाँच गर्ने क्रममा पिक अप भ्यानबाट गाँजा बरामद भएको हो।
गाँजासँगै ३०० ग्राम अफिम पनि बरामद गरिएको प्रहरीले जनाएको छ।
मनहरीबाट हेटौंडातर्फ जाँदै गरेको बा.३ च ५९९७ नम्बरको बोलेरो पिकअप भ्यानमा हालेर लैजाँदै गर्दा सो गाँजा बरामद गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रवक्ता डीएसपी टीकाबहादुर कार्कीले जानकारी दिए।
कार्कीका अनुसार गाडीको पछाडीको भागमा फल्स बटम बनाएर २१ वटा प्लास्टिकको पोका बनाएर गाँजा राखिएको थियो।
गाडीका चालक बारा पर्सौनी गाउँपालिका–६ का २८ वर्षीय रामजी साह तेली र भ्यानमा सवार बारा अदर्स कोतवाल गाउँपालिका-२ बस्ने ३० वर्षीय प्रेम पटेललाई प्रहरीले नियन्त्रणमा लिएको छ।
उनीहरुविरुद्ध लागू औषध नियन्त्रण ऐन, २०३३ अनुरुप म्याद थपेर अनुसन्धान भइरहेको मकवानपुर प्रहरीले जनाएको छ।
" /> काठमाडौं। मकवानपुरमा प्रहरीले ६३ किलो गाँजा बरामद गरेको छ।हेटौंडा उपमहानगरपालिका–१९ नेवारपानीस्थित पूर्व-पश्चिम लोकमार्गको सडकखण्डमा जाँच गर्ने क्रममा पिक अप भ्यानबाट गाँजा बरामद भएको हो।

">