पुनर्निर्माणमा आइएनजिओको साढे २८ अर्ब हिसाबविहीन
काठमाडौं। १२ असोज २०७२ को भुकम्पबाट क्षती पुगेका निजी र सार्वजनिक संरचनाको पुनर्निर्माण गर्न विदेशी साझेदार संस्थाहरुले साढे २८ अर्ब रूपैंया गैरकानुनी ढंगले खर्च गरेका छन्।

यो रकमको न लेखापरीक्षण भएको छ, न सरकारी निकायहरुसँग व्यवस्थित तथ्यांक नै छ।

भुकम्पपछि अन्तर्राष्ट्रिय गैरसरकारी तथा साझेदार संस्थाले ७० अर्ब ८० करोड ९१ लाख रूपैंया खर्च गरेका छन्। तर, राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको अभिलेखमा हालसम्म ४२ अर्ब १४ करोड २८ लाख रूपैंया मात्रै वैदेशिक रकम खर्च भएको देखिएको छ।

बाँकी २८ अर्ब ६६ करोड ६२ लाख रूपैंयाको लेखापरीक्षण प्रतिवेदन कुनै पनि सरकारी निकायमा पेस भएको छैन। उनीहरुले आफूले खर्च गर्ने क्षेत्रबारे अर्थ मन्त्रालयलाई वोधार्थ दिएर मात्र जानकारी गराएको आजको नयाँ पत्रिकामा खबर छ।

महालेखा परीक्षकको कार्यालयले भने पुनर्निर्माणमा खर्च भएको ७० अर्ब ८० करोड ९१ लाख नै लेखापरीक्षण नभएको जनाएको छ।

केहि अन्तर्राष्ट्रिय गैरसरकारी तथा साझेदार संस्थाहरुले पुनर्निर्माणका नाममा प्राधिकरणको स्वीकृतिविना ठूलो रकम खर्च गरेको जानकारी आएकोले खोजी थालिएको राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रवक्ता पीताम्बर घिमिरेले बताएका छन्।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्