ललितपुरको फिटनेश सेन्टरमा दम्पतिको मृत्यु <p>काठमाडौं। ललितपुरमा एक फिटनेश सेन्टरमा साउना लिने क्रममा एक दम्पतिको मृत्यु भएको छ।</p> <p>गएराति ललितपुर महानगरपालिका १४ स्थित फिट एण्ड फाइन जिमखानामा जिम गरिसकेपश्चात साउना लिने क्रममा निस्सासिएर ललितपुर-१५ का ४० वर्षीय हस्त थापा र उनकी ३७ वर्षीया श्रीमती नेत्र पुनको मृत्यु भएको ललितपुर प्रहरी प्रमुख एसएसपी टेकप्रसाद राईले <em>देखापढी</em>लाई बताए।</p> <p>&quot;धेरैबेरसम्म नसिस्किएपछि ढोका फोडेर हेर्दा दुवैजना बेहोस फेला पर्नुभएको थियो। उपचारका लागि पाटन अस्पतालमा पुर्&zwj;याउना साथ डाक्टरले मृत घोषित गरे&quot;, राईले भने।&nbsp;</p>
प्रतिक्रिया दिनुहोस्