काठमाडौं । प्रतिनिधि सभाका सभामुख कृष्णबहादुर महरा फेरि विवादमा तानिएका छन् । संसद सचिवालयमा कार्यरत एक महिला कर्मचारीले सभामुख महरामाथि आफूलाई बलात्कार प्रयास गरेको आरोप लगाएकी छन् ।

सभामुख महराको सचिवालयले १३ असोज राति जारी गरेको लिखित खण्डन पत्रमै उनीमाथि लागेको आरोपबारे खुलाइएको छ ।

महराका प्रेस सल्लाहकार डिल्ली मल्लले सभामुखबारे आएका भ्रामक समाचारको खण्डन भनेर जारी गरेको वक्तव्यमा भनिएको छ, 'सभामुखज्यूले कसैलाई पनि दुव्र्यवहार गरेको कुरा कल्पना समेत गर्न सकिँदैन ।'

ती महिला कर्मचारीले आरोप लगाए जस्तो सभामुख महरा १२ असोज दिउँसो ४ बजेपछि बालुवाटार निवासबाट कतै पनि नगएको सचिवालयको दावी छ ।

विभिन्न अनलाईन सञ्चार माध्यममा आएका समाचारहरुमा ती कर्मचारीलाई उद्धृत गर्दै सभामुख महरा १२ असोज साँझ उनको डेरामा आएको र रक्सी सेवन गरेर बलात्कारको प्रयास गरेको उल्लेख गरिएको छ ।

सचिवालयले जारी गरेको यससम्बन्धी खण्डन पत्रमा उल्लेख छ, 'यो प्रकरणबाट जुन किसिमले सभामुखज्यूको राजनीतिक उचाइ, व्यक्तित्व र प्रतिष्ठालाई सिध्याउने षडयन्त्र भएको छ, यो निकै सुनियोजित र योजनाबद्ध रुपमा भइरहेको छ । यो जहाँबाट भयो, भइरहेको छ, यो कुनै पनि किसिमले क्षम्य हुन सक्दैन । उहाँको राजनीतिक व्यक्तित्व र छबिलाई अरु कुनै पनि हतियारबाट गलाउन नसकेपछि एउटा कठपुतली तयार गरी जसरी सामाजिक रुपमा बदनाम गर्न दुष्प्रयास गरिएको छ, यसको जति कडा शब्दमा भत्र्सना गरे पनि कम हुन्छ ।'

देखापढीलाई प्राप्त ती महिला कर्मचारीको अडियो रेकर्डमा महराले बलात्कार प्रयास गर्दा हातपात समेत गरेको आरोप लगाइएको छ । १२ असोज साँझ नै प्रहरीलाई यसबारे खबर गरिएको र महानगरीय प्रहरी वृत्त बानेश्वरबाट आएका प्रहरीले मुचुल्का उठाएको उनले अडियो रेकर्डमा बताएकी छन् ।

वानेश्वर वृत्तका एक प्रहरी अधिकृतले देखापढीसँग कुरा गर्दै आफूहरु खबर पाएपछि उनको डेरामा पुगेको, त्यसक्रममा ती महिला पनि रक्सी सेवन गरेको अवस्थामा भेटिएको बताए ।

उनलाई घटनाबारे लिखित जाहेरी दिन आग्रह गरेको, तर उनले १३ असोज रातिसम्म जाहेरी नदिएको ती अधिकृतले बताए ।

स्वास्थ्य सेवाकी भनिएकी ती महिला कर्मचारीले लगाएको आरोप र महराको सचिवालयले जारी गरेको खण्डन पत्र हेर्दा उनी संसद सचिवालयमा सरूवा हुन खोजेको, तर महराले त्यसमा सहयोग गर्न नसकेको देखिन्छ ।

महरा गम्भीर विवादमा तानिएको यो पहिलो पटक होइन ।

यसअघि २०६७ भदौमा उनी चर्चित टेप प्रकरणमा परेका थिए । त्यसबेला उनको दल माओवादी सरकार बाहिर थियो । सरकारमा पुग्न अनेक जोडबल भइरहेका थिए । त्यहीक्रममा महराले सरकार गठनका लागि आर्थिक व्यवस्थापन गर्न चिनियाँ भनिएका एक व्यापारीसँग ५० करोड रूपैयाँ सहयोग मागेको अडियो टेप सार्वजनिक भएको थियो ।

महराले त्यसबेला पनि त्यसलाई नियोजित भनेर खण्डन गरेका थिए ।

"> महरा फेरि विवादमा, बहालवाला सभामुखमाथि बलात्कारको आरोप: Dekhapadhi
महरा फेरि विवादमा, बहालवाला सभामुखमाथि बलात्कारको आरोप

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्