आज शहीद दिवस, शहीदको सम्झनामा विविध कार्यक्रम गरिँदै

काठमाडौं। आज १६ माघ अर्थात शहीद दिवस। देश र जनताको अधिकार प्राप्तिको लागि जीवन त्याग गर्ने शहीदको सम्मानमा प्रत्येक वर्ष आजको दिन विविध कार्यक्रम गरेर यो दिवस मनाइन्छ।

हरेक वर्ष १०–१६ माघमा विभिन्न कार्यक्रमका साथ शहीद सप्ताह मनाउने गरिन्छ।

२०१२ सालदेखि नै तत्कालीन काठमाडौँ नगरपालिकाको संयोजकत्वमा १६ माघलाई शहीदको सम्झनामा दिवस मनाउन थालिएको हो।

स्वतन्त्रताको माग गर्दा विसं १९९७ मा शुक्रराज शास्त्रीलाई १० माघमा काठमाडौँको टेकुस्थित पचली र धर्मभक्त माथेमालाई १३ माघमा सिफल तथा गंगालाल श्रेष्ठ एवं दशरथ चन्दलाई १५ माघमा शोभाभगवतीमा राणाशासकले मृत्युदण्ड दिएका थिए।

आज बिहान रत्नपार्कदेखि शहीद स्मारक लैनचौरसम्म प्रभातफेरी कार्यक्रम आयोजना गरिएको छ।

प्रधानमन्त्री, मन्त्री, सरकारका उच्चपदस्थ अधिकारी, जनप्रतिनिधि, सुरक्षा निकायको ब्याण्ड टोली र मार्चपास टोलीसहितको प्रभातफेरीे शहीद स्मारक लैनचौर पुगी ज्ञातअज्ञात शहीदप्रति श्रद्धाञ्जलि अर्पण गर्ने कार्यक्रम छ।

लखन थापालगायत पछिल्ला स्वतन्त्रताका आन्दोलनमा शहादत प्राप्त गर्ने शहीदको सम्झनामा ११ जेठ २०६४ को मन्त्रिपरिषद्को निर्णयनुसार उपत्यकाको गोकर्णेश्वरमा निर्माण भइरहेको राष्ट्रिय शहीद स्मारकमा पनि कार्यक्रम गरिँदै छ।

प्रतिक्रिया दिनुहोस्