काठमाडौं। मुगुका हिरा बिजुली नेपालीलाई कर्णालीको इतिहासबारे जान्न मन लाग्यो। उनले कर्णालीको इतिहासबारेका किताब खोज्न थाले। गाउँ–ठाउँमा कुनै किताब नपाएपछि आइपुगे काठमाडौं। ठमाडौंका विभिन्न पुस्तक पसल तथा पुस्तकालयमा पनि त्यसबारेका पुस्तक फेला पार्न सकेनन्।
कहीँ कतैबाट पनि खोजेका सामग्री नपाएपछि उनको ध्यान प्रज्ञा प्रतिष्ठानको पुस्तकालतिर मोडियो। कमलादी, काठमाडौंस्थित प्रज्ञा प्रतिष्ठानको पुस्तकालय पुगेका नेपालीले ‘कर्णाली लोक संस्कृति इतिहास’ पुस्तक सहजै पाए। खोजे जस्तै पुस्तक पाएपछि उनी फुरुङ्ग परे। पाँच खण्डमा रहेको कर्णाली लोक संस्कृतिको इतिहास उनले फोटोकपी गरेर लगे।
चन्द्रयुग बृहत्तर महाकाव्य, प्रत्याघात, मान्छेको यात्रा जस्ता चार दर्जन बढी पुस्तक लेखिसकेका चन्द्रप्रसाद न्यौपाने हिजोआज आफूले लेखेकै पुस्तक पढ्न भए पनि प्रज्ञा प्रतिष्ठानको पुस्तकालय धाउने गर्छन्। नयाँ किताब निकाल्ने तयारीमा रहेका न्यौपाने दिनभर त्यहीँ नै पुस्तक पढेर समय बिताउने गर्छन्।

नेपाली र न्यौपानेजस्तै किताबप्रति रूचि राख्ने पाठकका लागि प्रज्ञा प्रतिष्ठानको पुस्तकालय एउटा विकल्प बन्दै गएको छ। पुराना र दुर्लभ किताब खोज्ने पाठकका लागि प्रज्ञा–प्रतिष्ठानको पुस्तकालय सहज माध्यमको रूपमा विकास भइरहेको छ। यो धेरैका लागि अपत्यारिलो, तर भइरहेको सुखद खबर हो।
पुस्तकालयको संरचनामा गरिएको परिवर्तनले प्रज्ञा प्रतिष्ठानको पुस्तकालयलाई पाठकमैत्री र आकर्षक बनाइदिएको छ। यसअघि प्रतिष्ठानको पुरानो भवनको सानो कोठामा सीमित रहेको पुस्तकालय अहिले नवनिर्मिति ‘नेपाल–भारत मैत्री भवन’मा सरेको छ।
तीनतले भवनको पहिलो तलामा छापाखाना छ। त्यहाँ पुस्तक छापिन्छ। ‘बाइन्डिङ’ गरिन्छ। तेस्रोमा सभा–सम्मेलन गर्ने हल छ। बीचको तलामा छ, नयाँ पुस्तकालय। हेर्दै चिटिक्क पनि छ।
२०६० सालदेखि पुस्तकालयका नियमित पाठकसमेत रहेका नेपालीले नयाँ भवनमा पुस्तकालय सर्दा निकै सहज भएको बताए।
“पहिलेको पुस्तकालय निकै साँघुरो थियो। किताब अव्यस्थित हुन्थे। न लेखकको नामअनुसार क्रम मिलाएर राखिएको हुन्थ्यो, न शीर्षकअनुसार किताव व्यवस्थित गरिएको हुन्थ्यो”, नेपाली भन्छन्, “कुनै किताब खोज्नु पर्यो भने महाभारत हुन्थ्यो। पढ्ने ठाउँ पनि अँध्यारो, साँघुरो थियो।”
पुस्तकालयको परिवर्तित स्वरूप देखेर उनी दंग छन्।

हुन पनि किताबहरू दराजमा लस्करै मिलाएर राखिएका छन्। खोज्न सजिलो छ। पढ्ने वातावरण पनि शान्त छ।
पुस्तकालयमा अहिले ३० हजार ७५ वटा पुस्तक संग्रहित रहेको पुस्तकालयका शाखा अधिकृत उत्तमराज उपाध्ययले बताए। प्रज्ञा प्रतिष्ठान आफैंले प्रकाशन गरेका, विभिन्न दाताबाट सहयोगस्वरूप प्राप्त भएका र विभिन्न स्रष्टासँग किनिएका पुस्तक पुस्तकालयमा छन्।
पुस्तकालयमा वेद, पुराणजस्ता पुराना ग्रन्थदेखि आजसम्म बजारमा आएका अधिकांश पुस्तक छन्। पुस्तकालयको व्यवस्थापनका लागि प्रतिष्ठानले शाखा अधिकृतसहित ६ जना कर्मचारी खटाएको छ।
शाखा अधिकृत उपाध्यायले पुस्तकालयलाई परिमार्जन गर्दै लगिरहेको बताए। पुस्तकालयमा विशेषगरी साहित्यका पुस्तकहरू बढी रहेको उनले जानकारी दिए।
प्रतिष्ठानका सदस्य-सचिव प्रा. जगतप्रसाद उपाध्यायले पुस्तकालयलाई देशकै नमुना बनाउने योजना रहेको बताए। किताबको ‘डिजिटल क्याटलग’ बनाउने काम भइरहेको उनले बताए।

प्रतिष्ठानले अब सेवाग्राहीको सुविधाका निम्ति घरबाटै किताब खोज्न मिल्ने सुविधा दिन लागेको छ। अर्थात्, अब ‘इ–लाइब्रेरी’ शुरू गर्ने तयारी अघि बढाइएको छ।
त्यसका लागि आवश्यक बजेट आइसकेको र यही वर्षदेखि प्रक्रिया शुरू हुने सदस्य-सचिव उपाध्यायले बताए। इ–लाइब्रेरीमा बाहिरबाट आउने पुस्तकहरूको सूची राखिने र प्रतिष्ठानले प्रकाशन गरेका पुस्तकहरू समेत पढ्न मिल्ने गरी राखिने उनले बताए।
प्रतिष्ठानले हरेक वर्ष आफूसँग भएका स्रोत र साधनको उपयोग गरेर पुस्तकहरू प्रकाशन गर्छ। गत आर्थिक वर्ष २०७५/७६ मा प्रतिष्ठानले ७२ वटा पुस्तक र १८ वटा पत्रिका प्रकाशन गरेको थियो।
पुस्तकप्रति पाठकको रूचि बढ्दै गएको सदस्य-सचिव उपाध्याय बताउँछन्।

" /> काठमाडौं। मुगुका हिरा बिजुली नेपालीलाई कर्णालीको इतिहासबारे जान्न मन लाग्यो। उनले कर्णालीको इतिहासबारेका किताब खोज्न थाले। गाउँ–ठाउँमा कुनै किताब नपाएपछि आइपुगे काठमाडौं। ठमाडौंका विभिन्न पुस्तक पसल तथा पुस्तकालयमा पनि त्यसबारेका पुस्तक फेला पार्न सकेनन्।

">