काठमाडौं। काठमाडौंको सोल्टीमोडस्थित एक होटलमा बंगलादेशी नागरिकको हत्या भएको छ।

बंगलादेशस्थित ओसियन ट्राभल एजेन्सीका सञ्चालक ४५ वर्षीय मोहिद्दिन अहमदको हत्या भएको हो।

महानगरीय प्रहरी वृत्त कालीमाटीका प्रमुख, डीएसपी रुगम कुँवरका अनुसार मोहिद्दिन र उनका साथी दुला मियाँ (४४) ६ माघमा काठमाडौं आएका थिए। चार दिनका लागि सोल्टीमोडस्थित होटल ग्राण्ड भिलामा ११४ नम्बरको कोठा बुक गरेका थिए।

प्रहरीका अनुसार यसअघि पनि ६–७ पटक नेपाल आउँदा मोहिद्दिन त्यही होटलमा बसेका थिए। प्रहरीले मृतक मोहिद्दिन क्यासिनोप्रेमी भएको बताएको छ। उनीसँग विभिन्न क्यासिनोको ‘मेम्बरसिप कार्ड’ रहेको प्रहरी बताउँछ।

“रातको समयमा क्यासिनोमा जाने र दिनको समयमा सुत्ने गरेकाले होटलबाट खाजा, खाना मगाउने गरेको देखिएन”, डीएसपी कुँवरले देखापढीसँग भने, “७ माघमा हत्या भए पनि होटल सञ्चालकले ८ माघमा मात्रै हामीलाई खबर गरे।”

फरार भएका दुला मियाँ।

त्यतिञ्जेल उनीसँगै आएका दुला मियाँ फरार भइसकेका थिए। टाउकोमा गहिरो चोटका लागेको अवस्थामा शव भेटिएको डीएसपी कुँवरले बताए।

डीएसपी कुँवरका अनुसार हत्या आरोपी मियाँ काठमाडाैंबाट बस चढेर वीरगञ्ज हुँदै भारततर्फ भागेका छन्।

“हामीले वीरगञ्जसम्म उनलाई पच्छ्याउने प्रयास गर्‍याैं” डीएसपी कुँवरले भने, “तर, ढिलोगरी मात्र घटना थाहा भएकाले उनले सीमा पार गरिहाले।”

डीएसपी कुँवरका अनुसार मोहिद्दिनको शव बंगलादेश पठाइसकिएको छ।

" /> काठमाडौं। काठमाडौंको सोल्टीमोडस्थित एक होटलमा बंगलादेशी नागरिकको हत्या भएको छ।

"> ‘क्यासिनोप्रेमी’ बंगलादेशी नागरिकको काठमाडौंमा हत्या: Dekhapadhi
‘क्यासिनोप्रेमी’ बंगलादेशी नागरिकको काठमाडौंमा हत्या

प्रतिक्रिया दिनुहोस्