काठमाडौं। धादिङमा धारिलो हतियार (तरबार) प्रहारबाट एक युवा घाइते भएका छन्।
त्रिपुरासुन्दरी गाउँपालिका–५, का अन्दाजी ३५ वर्षीय शम्भु थापालाई सोही ठाउँका केशर थापा मगर र बलाराम खड्काले तरबार प्रहार गरी घाइते बनाएको प्रहरीले जनाएको छ।
घाइते थापालाई उपचारका लागि हेलिकप्टरमार्फत काठमाडौं पुर्याइएको छ। उनको काठमाडाैंको धापासीस्थित ग्राण्डी अस्पतालमा उपचार भइरहेको छ।
धादिङ प्रहरी प्रमुख, एसपी रवीन्द्र रेग्मीले घटनामा संलग्न भनिएकाहरूको खोजी भइरहेको देखापढीलाई जानकारी दिए।
गाउँमै भएको एउटा भोजमा सहभागी थापामाथि आज दिउँसो साढे तीन बजेतिर तरबार प्रहार भएको थियो। थापा युवा संघ धादिङका जिल्ला सदस्य समेत हुन्।
पुरानो रिसिइबीका कारण उनीमाथि आक्रमण भएको हुनसक्ने प्रहरीले जनाएको छ।
प्रहरीका अुनसार चार/पाँच वर्षअघि केशर र शम्भुबीच ‘लफडा’ भएको थियो। त्यतिबेला शम्भुले केशरलाई आक्रमण गर्न खोज्दा केशरकी आमालाई ‘गम्भीर’ चोट लागेको थियो।
घटनाका विषयमा थप अनुसन्धान भइरहेको धादिङ प्रहरीले जनाएको छ।
" /> काठमाडौं। धादिङमा धारिलो हतियार (तरबार) प्रहारबाट एक युवा घाइते भएका छन्।त्रिपुरासुन्दरी गाउँपालिका–५, का अन्दाजी ३५ वर्षीय शम्भु थापालाई सोही ठाउँका केशर थापा मगर र बलाराम खड्काले तरबार प्रहार गरी घाइते बनाएको प्रहरीले जनाएको छ।

">