काठमाडौं। निर्भयाका सामूहिक बलात्कार तथा हत्यामा दोषी ठहरिएका मध्ये एक मुकेश सिंहको निवेदन सर्वोच्च अदालतले खारेज गरिदिएको छ। राष्ट्रपति रामनाथ कोबिन्दको निर्णयलाई चुनौती दिँदै मुकेश सर्वोच्च समक्ष न्यायिक समीक्षाको माग गरेका थिए। सर्वोच्चले पनि उनको निवेदन खारेज गरेको हो। मुकेसको निवेदन खारेजीसँगै अब चारैजना दोषीलाई १ फेब्रुअरीको बिहान ६ बजे तिहाड जेलभित्र फाँसी दिइने भएको छ।
मुकेशकी वकिल अञ्जना प्रकाशले राष्ट्रपति समक्ष सबै दस्तावेज पेश नगरिएकोले दया निवेदन खारेज गरिएविरुद्ध सर्वोच्चले यसबारे विचार गर्नुपर्ने बताएकी थिइन्। आफ्नो वकिलमार्फत् मुकेशले आफूमाथि जेलभित्र यौन उत्पीडन भएको र उनका भाइ राम सिंहको हत्या गरिएको बताएका थिए ।
यसबारे आज निर्णय सुनाउँदै सर्वोच्च अदालतले भनेको छ, ‘हामीले आफूलाई सन्तुष्ट बनाउनका लागि राष्ट्रपतिलाई पठाइएको सबै दस्तावेज हेर्यौं। गृह मन्त्रालयले सबै दस्तावेज पठाएको थियो। मुकेशको निवेदनमा कुनै सकारात्मक पक्ष छैन। जेलमा प्रताडना दयाका लागि कुनै आधार होइन।’
निर्णय आएपछि निर्भयाकी आमाले अब आफूले पूर्ण न्याय पाउनेमा आशावादी रहेको बताएकी छन्। अपराधीले कानूनको दुरुपयोग गर्ने खतरा टरेको भन्दै अब फाँसी दिइने कुरामा आशा लागेको उनको भनाइ छ ।
भारतको राजधानी दिल्लीमा १६ डिसेम्बर २०१२ मा २३ वर्षकी मेडिकल विद्यार्थीलाई ६ जना पुरुषले एउटा बसमा बलात्कार गरेका थिए। ६ जनामध्ये एक राम सिंहले तिहाड जेलमै रहँदा आत्महत्या गरेका थिए। कअर्का एक जना नाबालिग भएका हुँदा उनलाई सन् २०१३ मै सुधारगृह पठाइएको थियो। उनी तीन वर्षपछि रिहा भइ अहिले एउटा च्यारिटी संस्थाको संरक्षणमा रहेका छन्।