काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को आजदेखि शुरू दोस्रो केन्द्रीय कमिटी बैठकमा अध्यक्षद्वयले राजनीतिक प्रतिवेदन र महासचिवले सांगठनिक तथा विधान संशोधन प्रस्ताव प्रस्तुत गरेका छन्।
बैठकमा प्रस्तुत भएका प्रतिवेदन अध्ययनका लागि नेकपाले भोलि पार्टीका केन्द्रीय कमिटी सदस्यहरूलाई समय उपलब्ध गराएको छ।
आजको बैठक सकिएपछि सञ्चारकर्मीहरूलाई जानकारी दिँदै पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले छलफलका लागि १५ वटा समूह विभाजन गरिएको जानकारी दिए।
“आज अध्यक्षद्वयको प्रतिवेदन र महासचिवले सांगठनिक तथा विधान संशोधन प्रस्ताव पेश गर्नुभएको छ”, श्रेष्ठले भने, “त्यसमा अध्ययन गरेपछि केन्द्रीय सदस्यहरूले छलफलमा भाग लिनेछन्।”
उनका अनुसार १७ माघ दिउँसो १ बजे बस्ने बैठकमा प्रत्येक समूहका टोली नेताहरूले छलफलको निष्कर्षका रूपमा प्रतिवेदन प्रस्तुत गर्नेछन्। प्रवक्ता श्रेष्ठले एमसीसीबारे पनि बैठकमा छलफल हुने प्रष्ट पारे।

" /> काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को आजदेखि शुरू दोस्रो केन्द्रीय कमिटी बैठकमा अध्यक्षद्वयले राजनीतिक प्रतिवेदन र महासचिवले सांगठनिक तथा विधान संशोधन प्रस्ताव प्रस्तुत गरेका छन्।

">