काठमाडौं। ४ कक्षामा पढ्ने विद्यार्थी के देशद्रोही हुन सक्छन् ? कल्पना गर्न पनि गाह्रो छ। तर, भारतमा भने कक्षा ४ मा अध्ययनरत विद्यार्थीमाथि देशद्रोहको मुद्दा लगाइएको छ।
कर्नाटक राज्यको प्रहरीले नागरिकता ऐन संशोधन गर्ने विधेयकसम्बन्धी नाटकमा अभिनय गरेको आरोपमा एक विद्यालयका विद्यार्थीमाथि देशद्रोहको मुद्दा चलाएको हो।
नाटकलाई कारण देखाउँदै विद्यार्थीसँगै विद्यालय व्यवस्थापनविरुद्ध समेत मुद्दा चलाइएको छ। नाटकले अमनचैन भंग र राजद्रोह गरेको प्रशासनको आरोप छ।
निलेश रक्ष्याल नामका व्यक्तिले कर्नाटकको बिदारस्थित विद्यालयका विद्यार्थी र व्यवस्थापनविरुद्ध २६ जनवरीमा उजुरी दिएको प्रहरीको जिकिर छ।
यो विद्यालय शाहीन ग्रुप अफ इन्स्टीच्युटले सञ्चालन गर्दै आएको इन्डियन एक्सप्रेसले जनाएको छ।
उजुरीका आधारमा नाटकमा संलग्न विद्यार्थीहरू तथा स्कुल व्यवस्थापनविरुद्ध इन्डियन पेनल कोड (आईपीसी)को धारा १२४ ए तथा ५०४ अनुसार मुद्दा दायर गरिएको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन्।
भारतीय सञ्चारमाध्यमहरुले विद्यालय व्यवस्थापनलाई उद्धृत गर्दै नाटक ४ कक्षामा अध्ययनरत विद्यार्थीहरूले तयार पारेको उल्लेख गरेका छन्।
नागरिकता ऐन संशोधनको विधेयकसम्बन्धी नाटकको दृश्यमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको छवि कलंकित पार्न खोजिएको दाबी प्रहरीको छ।