तक्मेबुढालाई पुत्रलाभ
<p>काठमाडौं। हास्य कलाकार विल्सनविक्रम राई ‘तक्मेबुढा’लाई पुत्रलाभ भएको छ।</p>
<p>विल्सनको जन्मदिनकै दिन श्रीमती सरिना लामाले छोरालाई जन्म दिएकी हुन्। विल्सन र सरिनाले गत फागुनमा विवाह गरेका थिए।</p>
<p>झापामा जन्मिएका विल्सनले आज ३४औं जन्मदिन मनाउँदै छन्। आजकै दिन बाबु बन्ने अवसर पाएपछि यो जन्मदिन तक्मेबुढाका लागि विशेष बनेको छ।</p>
<p>उनले आज बिहान सामाजिक सञ्जालमा आफ्नो जन्मदिनमा छोरा जन्मेको र बाबु बन्न पाएकोमा खुशी व्यक्त गरे। बाबु बनेपछि जीवनमा थप जिम्मेवारी बढेको महसूस भएको उनको भनाइ छ।</p>
प्रतिक्रिया दिनुहोस्
