सलमानले यसरी खाेसे सेल्फी खिचिरहेका फ्यानकाे माेबाइल (भिडिओसहित)

काठमाडाैं। बलिउड स्टार सलमान खान बेला-बेला फ्यानमाथि भड्किन्छन्। कहिले राम्रो व्यवहारबाट चर्चामा आउँछन् भने कहिले भड्किने बानीका कारण विवादमा।

उनै सलमान फेरि एकपटक फ्यानमाथि भड्किएका छन्। सलमान विमानस्थलबाट बाहिर निस्कँदै गर्दा एक फ्यानले सेल्फी लिइरहेका थिए। त्यही बेला सलमानले उनको मोबाइलनै खोसिदिए।

सलमान चलचित्र ‘राधे’ को छायाङ्‍कनका लागि गोवा पुगेका थिए। गोवाको विमानस्थलमा उनलाई हेर्नका लागि सयौँ फ्यान उपस्थित थिए।

एक फ्यान उनीसँग सेल्फी खिच्न अघि बढिरहेका बेला सलमानले मोबाइल खोसिदिएका हुन्।

सलमानले जब सेल्फी वा भिडिओ खिचिरहेको थाहा पाए, त्यसपछि उनको रिसको पारो चढ्यो। त्यसपछि सलमानले फ्यानको मोबाइल खोसे र विमानस्थलबाट बाहिरिए।

सलमानले यसअघि पनि फ्यानको मोबाइल खोसेर फालिदिएका थिए। सलमानले अनुमतिबिना आफ्नो भिडिओ खिचेका कारण फ्यानमाथि यस्तो व्यवहार गर्दै आएका छन्।

सलमानको उक्त कार्यको सोसल मिडियामा विरोध भइरहेको छ।

प्रतिक्रिया दिनुहोस्