गाडी र मोटरसाइकल ठोक्किँदा धनुषामा श्रीमान-श्रीमतीको मृत्यु
<p>धनुषा। धनुषामा आज पिकअप गाडी र मोटरसाइकल ठोक्किँदा श्रीमान-श्रीमतीको मृत्यु भएको छ।</p>
<p>बिहान साढे ११ बजे भएको दुर्घटनामा मोटरसाइकल चालक गणेशमान चारनाथ नगरपालिकाका ५० वर्षीय जोगेन्द्र साह र उनी श्रीमती ४० वर्षीया प्रमिला साहको घटनास्थलमै मृत्यु भएको धनुषा प्रहरीले जानकारी दिएको छ।</p>
<p>मोटरसाइकलमै सवार ९ वर्षीय छोरा जोनकुमार साह सामान्य घाइते भएका छन्।</p>
<p>गणेशमान चारनाथ नगरपालिका–६, गोदारमा स १ च १८५८ नम्बरको पिकअप भ्यान र बा ६४ प ३०४७ नम्बरको मोटरसाइकल एकापसमा ठोक्किएको प्रहरीको भनाइ छ।</p>
प्रतिक्रिया दिनुहोस्
