क्यानमाथिको प्रतिबन्ध आईसीसीले चाँडै फुकुवा गर्छः चन्द
आईसिसीकै सल्लाह र निर्देशनअनुसार काम भैरहेकाले उनले आईसिसीले नै अब बस्ने बैठकबाट क्यानमाथिको प्रतिबन्ध हटाउने उनको दाबी छ। ‘‘मलाई लाग्दैन कि उसले अब पनि प्रतिबन्ध जारी राख्छ। आईसिसीले पनि नेपाललाई बचाउन खोजेको छ। नेपालको पक्षमा निर्णय गर्छ,’’ चन्दले आज काठमाडौंमा आयोजित एक कार्यक्रममा भने।

उनले क्रिकेट विकासका लागि गृहकार्य थालिएको सुनाए। ‘‘निलम्बन फुकुवाको लागि हामीले पत्राचार गरिरहनु पर्दैन,’’ उनले भने, “ नेपाली क्रिकेटको निकासलाई आईसीसीले दिएको रोडम्यापअनुसारनै हामीले काम पूरा गरेका छौं। आइसिसीकै निगरानीमा निर्वाचन भएकाले निलम्बन चाँडै फुकुवा हुने विश्वास छ।’

अध्यक्ष चन्दले नेपाली क्रिकेटले अब फड्को मार्ने विश्वास दिलाए। चन्दले खेलाडी छनोटको आधार तय गर्ने बताउँदै भने, ‘ ‘विगत लामो समयदेखि क्यान निलम्बनमा रहँदा खेलाडी छनोटको कुनै आधार थिएन, मनोमानी ढंगले खेलाडी छनोट गरिएको छ। अब व्यवस्थित ढंगले खेलाडी छनोट गर्छौं।’ पछिल्लो समय खेलमैदान पनि निर्माण भैरहेको सुनाउँदै अब क्रिकेटले गति लिने पनि बताए।

चन्दले राम्रो खेल मैदान भएपछि राम्रो क्रिकेट प्रतियोगिता हुने र राम्रो प्रतियोगिता भएपछि खेलाडीहरूले पनि राम्रो र उत्कृष्ट प्रदर्शन गर्न पाउने सुनाए। सरकारसँग खेलमैदानका लागि सहकार्य गरेर अघि बढ्ने उनले सुनाए।

काठमाडौं मुलपानी क्रिकेट रंगशालाको सवालमा पनि राखेपले गरेको काममा सहकार्य गर्ने उनको भनाइ छ। खेलाडीहरूसँग सहकार्य गर्ने सुनाउँदै खेलाडीहरू पनि अनुशासित हुनुपर्ने बताए। ‘‘३६ देखि ४० जनालाई नेश्नल सेन्ट्रल कन्ट्याक्टमा ल्याउँछौं,’’ उनले भने, ‘‘दुईवटा टीम अट्ने गरी हामी होमवर्क गरिरहेका छौं। प्यारालल दुईवटा टीम बनाउने लक्ष्य छ। एउटा सिनियर र अर्को चाहिँ यु–२३ बारे कुरा चलिरहेको छ।’

निर्वाचनमा पराजित भएका साथीहरूसँग सल्लाह गरी अगाडि बढ्ने उनको भनाइ छ। उनले विगतमा क्रिकेटका लागि दिएको अनुदान सही सदुपयोग हुन नसकेको आईसीसीको आशंका रहेको पनि सुनाए। ‘‘हामीले कुनै खालको गैरपारदर्शी र विवाद हुने काम गर्दैनौं,’’ उनले भने।

उनले क्यानको सीईओ पनि प्रतिस्पर्धाको आधारमा नियुक्त गर्ने स्पष्ट पारे। उनले भने, ‘आइसीसीले हामीसँग आर्थिक पारदर्शिताका चुस्त प्रशासन सञ्चालनका लागि सीईओ राख्नुपर्ने शर्त राखेको छ। हामी आईसीसीको शर्तमा रहेर काम गर्छौं।’ त्यस्तै उनले प्रादेशिक क्रिकेटलाई सशक्त बनाउने आफ्नो योजना रहेको सुनाए।

अहिले निजीस्तरबाट भैरहेका विभिन्न लिगहरुलाई पनि कानुनबमोजिम बनाउने उनको भनाइ छ। अध्यक्ष चन्दले यही वर्ष आफूहरुले देशकै ठूलो नेपाल प्रिमियर लिग (एनपिएल) आयोजना गर्ने पनि बताए।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्