रूकुमपूर्व। रूकुमपूर्वमा यस वर्ष ७० लाख रूपैयाँ बराबरकाे सुन्तला उत्पादन भएको छ। अनुमानित ४० लाख बराबरको सुन्तला बिक्री भइसकेको छ भने ३० लाख रूपैयाँ बराबरको सुन्तला अझै पनि बिक्री हुन बाँकी रहेको सिस्ने गाउँपालिका–८ का वडाध्यक्ष खर्कसिंह थापाले जानकारी दिए।

सिस्नेका वडा नं ७ र ८ का झिमखोला, लम्पाकोट, भुरुङ्गा, स्यालापाखा, सानचौर, गोठिचौरलगायत ठाउँमा सुन्तला उत्पादन हुने गर्दछ। यस क्षेत्रमा गत वर्ष पनि ८० लाख बराबरको सुन्तला उत्पादन भएको थियो। गत वर्षको तुलनामा सुन्तला उत्पादनमा केही कमी आएको कृषकले बताएका छन्। विभिन्न रोगका कारण सुन्तला उत्पादन घट्दै गएको उनीहरूकाे भनाइ छ।

सुन्तला राम्रो उत्पादन भए पनि यहाँको सुन्तलाले बजार भने पाउन सकेको छैन। ढुवानी र बजार समस्या हुने गरेकाले यहाँको सुन्तला कुहिएर खेर गइरहेको कृषकले जनाएका छन्। बारीमा उत्पादित सुन्तला जिल्ला सदरमुकाम रुकुमकोट, दाङ र रुकुम (पश्चिम) को सदरमुकाम मुसिकोटसम्म पुग्ने गरेको छ। डोकामा बोकेर बिक्रीका लागि सुन्तला बजारसम्म पुर्‍याए पनि राम्रोसँग नबिक्ने र कसैले किने पनि सोचेजस्तो मूल्य नपाउने गरेको कृषकको गुनासो छ ।

सुन्तला खेती फस्टाउन स्थानीय सरकारले पनि प्राविधिक तथा रोग पहिचान गरेर निराकरणका लागि सहयोग गर्नुपर्ने किसानको माग छ। सिस्ने–८ लाई सुन्तलाको पकेट क्षेत्र पनि घोषणा गरिएको छ। उक्त क्षेत्रलाई प्रदेश ५ सरकारले कृषि स्मार्ट गाउँ पनि घोषणा गरेर काम अगाडि बढाएको छ। रासस

" /> रूकुमपूर्व। रूकुमपूर्वमा यस वर्ष ७० लाख रूपैयाँ बराबरकाे सुन्तला उत्पादन भएको छ। अनुमानित ४० लाख बराबरको सुन्तला बिक्री भइसकेको छ भने ३० लाख रूपैयाँ बराबरको सुन्तला अझै पनि बिक्री हुन बाँकी रहेको सिस्ने गाउँपालिका–८ का वडाध्यक्ष खर्कसिंह थापाले जानकारी दिए।

सिस्नेका वडा नं ७ र ८ का झिमखोला, लम्पाकोट, भुरुङ्गा, स्यालापाखा, सानचौर, गोठिचौरलगायत ठाउँमा सुन्तला उत्पादन हुने गर्दछ। यस क्षेत्रमा गत वर्ष पनि ८० लाख बराबरको सुन्तला उत्पादन भएको थियो। गत वर्षको तुलनामा सुन्तला उत्पादनमा केही कमी आएको कृषकले बताएका छन्। विभिन्न रोगका कारण सुन्तला उत्पादन घट्दै गएको उनीहरूकाे भनाइ छ।

सुन्तला राम्रो उत्पादन भए पनि यहाँको सुन्तलाले बजार भने पाउन सकेको छैन। ढुवानी र बजार समस्या हुने गरेकाले यहाँको सुन्तला कुहिएर खेर गइरहेको कृषकले जनाएका छन्। बारीमा उत्पादित सुन्तला जिल्ला सदरमुकाम रुकुमकोट, दाङ र रुकुम (पश्चिम) को सदरमुकाम मुसिकोटसम्म पुग्ने गरेको छ। डोकामा बोकेर बिक्रीका लागि सुन्तला बजारसम्म पुर्‍याए पनि राम्रोसँग नबिक्ने र कसैले किने पनि सोचेजस्तो मूल्य नपाउने गरेको कृषकको गुनासो छ ।

सुन्तला खेती फस्टाउन स्थानीय सरकारले पनि प्राविधिक तथा रोग पहिचान गरेर निराकरणका लागि सहयोग गर्नुपर्ने किसानको माग छ। सिस्ने–८ लाई सुन्तलाको पकेट क्षेत्र पनि घोषणा गरिएको छ। उक्त क्षेत्रलाई प्रदेश ५ सरकारले कृषि स्मार्ट गाउँ पनि घोषणा गरेर काम अगाडि बढाएको छ। रासस

"> रूकुमपूर्वमा घट्याे सुन्तला उत्पादन: Dekhapadhi
रूकुमपूर्वमा घट्याे सुन्तला उत्पादन <p style="text-align:justify">रूकुमपूर्व। रूकुमपूर्वमा यस वर्ष ७० लाख रूपैयाँ बराबरकाे सुन्तला उत्पादन भएको छ। अनुमानित ४० लाख बराबरको सुन्तला बिक्री भइसकेको छ भने ३० लाख रूपैयाँ बराबरको सुन्तला अझै पनि बिक्री हुन बाँकी रहेको सिस्ने गाउँपालिका&ndash;८ का वडाध्यक्ष खर्कसिंह थापाले जानकारी दिए।</p> <p style="text-align:justify">सिस्नेका वडा नं ७ र ८ का झिमखोला, लम्पाकोट, भुरुङ्गा, स्यालापाखा, सानचौर, गोठिचौरलगायत ठाउँमा सुन्तला उत्पादन हुने गर्दछ। यस क्षेत्रमा गत वर्ष पनि ८० लाख बराबरको सुन्तला उत्पादन भएको थियो। गत वर्षको तुलनामा सुन्तला उत्पादनमा केही कमी आएको कृषकले बताएका छन्। विभिन्न रोगका कारण सुन्तला उत्पादन घट्दै गएको उनीहरूकाे भनाइ छ।</p> <p style="text-align:justify">सुन्तला राम्रो उत्पादन भए पनि यहाँको सुन्तलाले बजार भने पाउन सकेको छैन। ढुवानी र बजार समस्या हुने गरेकाले यहाँको सुन्तला कुहिएर खेर गइरहेको कृषकले जनाएका छन्। बारीमा उत्पादित सुन्तला जिल्ला सदरमुकाम रुकुमकोट, दाङ र रुकुम (पश्चिम) को सदरमुकाम मुसिकोटसम्म पुग्ने गरेको छ। डोकामा बोकेर बिक्रीका लागि सुन्तला बजारसम्म पुर्&zwj;याए पनि राम्रोसँग नबिक्ने र कसैले किने पनि सोचेजस्तो मूल्य नपाउने गरेको कृषकको गुनासो छ ।</p> <p style="text-align:justify">सुन्तला खेती फस्टाउन स्थानीय सरकारले पनि प्राविधिक तथा रोग पहिचान गरेर निराकरणका लागि सहयोग गर्नुपर्ने किसानको माग छ। सिस्ने&ndash;८ लाई सुन्तलाको पकेट क्षेत्र पनि घोषणा गरिएको छ। उक्त क्षेत्रलाई प्रदेश ५ सरकारले कृषि स्मार्ट गाउँ पनि घोषणा गरेर काम अगाडि बढाएको छ। <em>रासस</em></p>
प्रतिक्रिया दिनुहोस्