चितवन। चितवन राष्ट्रिय निकुञ्जमा एकै दिन दुई गैँडा मरेका छन्। यी सँगै चालु आर्थिक वर्षमा प्राकृतिक कारणले मरेका गैँडाको सङ्ख्या १३ पुगेको छ। जसमध्ये दुई राष्ट्रिय वन क्षेत्रमा र अन्य निकुञ्ज क्षेत्रमा मरेका हुन्।
निकुञ्जका सूचना अधिकारी गोपाल घिमिरेका अनुसार निकुञ्जको तमासपुर क्षेत्रमा अन्दाजी १८-२० वर्षको पोथी गैँडा मृतावस्थामा फेला परेको हो । त्यस्तै अर्को एक गैँडा सुखीभार क्षेत्र नजीक मृत भेटिएको हो। जुन ३० वर्षको पोथी गैँडा थियो।
निकुञ्जका वरिष्ठ पशु चिकित्सक डा. विजयकुमार श्रेष्ठका अनुसार तमासपुरमा भेटिएको गैँडा विषाक्त खानाका कारणले मरेको प्रारम्भिक अध्ययनमा देखिएको छ। विषाक्त घाँस खाएर गैँडा मरेको हुन सक्ने श्रेष्ठले जानकारी दियो। अर्को गैँडाको मृत्युको कारण खुल्न सकेको छैन।
गत आर्थिक वर्षमा ४३ गैँडा प्राकृतिक कारणले मरेका थिए। आर्थिक वर्ष २०७४/७५ मा २६ र २०७३/७४ मा २५ गैँडा कालगतिले मरेका थिए।
गैँडाको मृत्युदर उच्च भएपछि निकुञ्ज विभागले मृत्युको कारण अध्ययन गर्न समिति बनाएर काम गरिरहेको छ। केही वर्षयता चोरीसिकारीबाट गैँडा मारिएका छैनन् तर कालगतिले मर्ने क्रम बढेपछि संरक्षणको क्षेत्रमा चिन्ता व्यक्त गरिएको छ। रासस
" /> चितवन। चितवन राष्ट्रिय निकुञ्जमा एकै दिन दुई गैँडा मरेका छन्। यी सँगै चालु आर्थिक वर्षमा प्राकृतिक कारणले मरेका गैँडाको सङ्ख्या १३ पुगेको छ। जसमध्ये दुई राष्ट्रिय वन क्षेत्रमा र अन्य निकुञ्ज क्षेत्रमा मरेका हुन्।निकुञ्जका सूचना अधिकारी गोपाल घिमिरेका अनुसार निकुञ्जको तमासपुर क्षेत्रमा अन्दाजी १८-२० वर्षको पोथी गैँडा मृतावस्थामा फेला परेको हो । त्यस्तै अर्को एक गैँडा सुखीभार क्षेत्र नजीक मृत भेटिएको हो। जुन ३० वर्षको पोथी गैँडा थियो।

">