सात वर्षीया छोरी करणीको आरोपमा बाबु पक्राउ

सुरुङ्गा। झापाको कनकाई नगरपालिका-१ मा आफ्नै सात वर्षीया छोरीलाई करणी गर्ने ३० वर्षीय बाबु पक्राउ परेका छन्।

मादक पदार्थ सेवन गरी उनले छोरीलाई बलात्कार गरेको प्रहरीले जनाएको छ।

१४ माघमा ती बाबुविरुद्ध हाडनाता करणी मुद्दा दर्ता गरिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

प्रहरीका अनुसार बालिकाकी आमाले केही वर्षअघि दोस्रो विवाह गरेर गएपछि बालिका हजुरबुबा र हजुरआमाको संरक्षणमा बस्दै आएकी थिइन्।

शारीरिकरूपमा अशक्त रहेकी हजुरआमासँग सुतिरहेकी छोरीलाई आफूसँग बोलाएर करणी गरेको झापाका प्रहरी उपरीक्षक कृष्ण कोइरालाले बताए। रासस

प्रतिक्रिया दिनुहोस्