काठमाडौं। प्रदेश २ को स्थायी राजधानी जनकपुरधाममा रहने सर्वसम्मत निर्णय प्रदेश सभाको समितिले गरेपछि प्रदेश २ को सत्तारुढ समाजवादी पार्टीकै नेताहरूले जनकपुरधामलाई राजधानी नमान्ने बताएका छन्।

सभामुख सरोजकुमार यादवको संयोजकत्वमा गठित संसदीय विशेष समितिले १२ माघमा प्रदेशको राजधानी ‘जनकपुरधाम’ राख्ने सर्वसम्मत निर्णय गरेको थियो।

समाजवादी पार्टीका प्रदेश सभा सदस्य जनत अंसारीले ‘सर्वसम्मत निर्णय’बारे बाहिर सुनिए पनि आफूलाई थाहा नभएको बताए।

उनले भने, “जनकपुरधामलाई राजधानी मान्न सकिन्न, प्रदेश सभामा प्रस्ताव आए हाम्रो समर्थन हुँदैन।”

पर्साबाट प्रतिनिधित्व गर्ने सबै प्रदेश सभा सदस्यहरूको मत राजधानी वीरगञ्ज हुनुपर्ने पक्षमा रहेको बताउँदै उनले प्रदेश सभामा अडान यथावत् रहने बताए। “प्रदेश सरकार हाम्रै पार्टीको नेतृत्वमा रहे पनि ‘जनकपुरधाम’को विपक्षमा मतदान गर्छौं”, उनले भने।

प्रदेश २ को राजधानी वीरगंज र नाम ‘मध्य मधेश’ हुनुपर्ने भन्दै प्रस्ताव दर्ता गराएका पर्साबाट निर्वाचित नेपाली कांग्रेसका प्रदेश सभा सदस्य राजेश्वर साहले जनकपुरधामलाई राजधानी कुनै हालतमा मान्न नसकिने बताए। “प्रदेश २ को पहिलो महानगरपालिका भएको र देशको ६५ देखि ७० प्रतिशत राजस्व उठाउने ठाउँ भएकाले पनि राजधानी वीरगंज नै हुनुपर्छ”, उनले भने।

समाजवादी पार्टीका तर्फबाट पर्साबाट निर्वाचित प्रतिनिधि सभा सदस्य प्रदीप यादवले प्रदेश २ को नाम र राजधानीबारे पार्टीले स्पष्टरूपमा नबोलेको देखापढीलाई बताए। उनले भने, “मधेश आन्दोलनको केन्द्रबिन्दु र नेपालको मुख्य नाका नै वीरगंज भएकाले पनि राजधानी वीरगंज हुनुपर्छ।”

सभामुख सरोजकुमार यादवले भने राजधानीबारे सहमति भइसकेकाले अब नामबारे छलफल शुरू गरिएको बताए।

गत ५ भदौमा सत्तारुढ समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टी (राजपा) नेपालले प्रदेशको नाम र राजधानीसम्बन्धी संयुक्त प्रस्ताव प्रदेश सभामा दर्ता गरेका थिए। प्रदेशको नाम ‘मधेश’ र राजधानी बृहत् जनकपुर क्षेत्र समेटिएको ‘जनकपुरधाम’ हुने प्रस्ताव गरिएको थियो। त्यसबेला समाजवादी र राजपाका सातजना प्रदेश सभा सदस्यले राजधानी वीरगंजमा हुनुपर्ने फरक प्रस्ताव पेश गरेका थिए।

प्रदेश २ मा सत्तारुढ समाजवादी पार्टीका ३० र राजपाका २५ प्रदेश सभा सदस्य छन्।

त्यसैगरी, प्रदेश सभामा १९ सदस्य रहेको नेपाली कांग्रेसले प्रदेशको नाम ‘मिथिला–भोजपुरा’ र राजधानी जनकपुरधाम हुनुपर्ने प्रस्ताव दर्ता गराएको थियो। तर, कांग्रेसका चारजना प्रदेश सभा सदस्यले प्रदेशको नाम ‘मध्य मधेश’ र राजधानी वीरगंज हुनुपर्ने फरक प्रस्ताव दर्ता गराएका थिए।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले प्रदेशको नाम ‘जानकी’ र राजधानी ‘जनकपुरधाम’ हुनुपर्ने प्रस्ताव दर्ता गराएको थियो। प्रदेशसभामा नेकपाका ३२ सदस्य छन्।

" /> काठमाडौं। प्रदेश २ को स्थायी राजधानी जनकपुरधाममा रहने सर्वसम्मत निर्णय प्रदेश सभाको समितिले गरेपछि प्रदेश २ को सत्तारुढ समाजवादी पार्टीकै नेताहरूले जनकपुरधामलाई राजधानी नमान्ने बताएका छन्।

"> पर्साका नेताहरू भन्छन्– ‘जनकपुरधामलाई राजधानी मान्दैनौं’: Dekhapadhi
पर्साका नेताहरू भन्छन्– ‘जनकपुरधामलाई राजधानी मान्दैनौं’

प्रतिक्रिया दिनुहोस्