‘अन्तर्राष्ट्रिय संघसंस्थाले हतारमा प्रतिक्रिया दिए’

काठमाडौं। राष्ट्रिय मानव अधिकार आयोगका पूर्वसदस्य गौरी प्रधानले अन्तर्राष्ट्रिय मानवअधिकार संघसंस्थाले नेपालबारे हतारको प्रतिक्रिया दिएको टिप्पणी गरेका छन्।

प्रधानले नेपालको संक्रमणकालीन न्याय प्रक्रियाबारे अन्तर्राष्ट्रिय समुदायको पछिल्लो टिप्पणीलाई सहज मान्न नसकिने समेत बताए।

“अन्तर्राष्ट्रिय मानव अधिकारवादी संघसस्थाले कुनै व्यक्तिविशेषका अजेण्डा बोकेर विदेशका विभिन्न अदालतका ढोका खुल्लै छन् भन्नु हतारको प्रतिक्रिया हो”, प्रधानले देखापढीसँग भने, “संक्रमणकालीन न्याय प्रक्रियाबारे राजनीतिक नेतृत्वले ढिलाइ गरिरहेको छ र यसको फाइदा उठाउन खोज्नेहरू सक्रिय भएका छन्।”

सरकार पीडितको पक्षमा बलियो भएर उभिनुपर्ने उल्लेख गर्दै उनले नेपालको आन्तरिक मामिलामा भएको टिप्पणी दुःखद् भएको बताए । उनले भने, “सरकार यसमा सचेत हुनुपर्छ, त्यसका लागि पीडितको पक्षमा सरकार नै अझ बलियोसँग उभिनुपर्छ।”

प्रतिक्रिया दिनुहोस्