काठमाडौं। इटालियन क्लब इन्टर मिलानले टोटेनह्यामका मिडफिल्डर क्रिष्टियन इरिक्सनलाई अनुबन्ध गरेको छ। डेनमार्कका २७ वर्षे मिडफिल्डर इरिक्सनले इन्टरसँग २०२४ सम्मका लागि सम्झौता गरेका हुन्।
इरिक्सनलाई भित्राउन इन्टरले झन्डै एक करोड ६९ लाख पाउण्डमा अनुबन्ध गरेको हाे। इरिक्सनले अघिल्लो सरूवा बजारमै आफू नयाँ चुनौतीका लागि तयार रहेकाे बताएका थिए। उनले जारी सिजन टोटेनह्यामबाट सबै प्रतियोगितामा २८ खेल मात्र खेलेका छन्।
इरिक्सन २०१३ मा आयाक्सबाट टोटेनह्यामसँग अनुबन्ध भएका हुन्। इन्टरले यसअघि एश्ले योङ र भिक्टर मोसेसलाई अनुबन्ध गरिसकेको छ।
टोटेनह्यामले पीएसभी आइन्डहोभेनका फरवार्ड स्टेभन बर्गविजिनलाई अनुबन्ध गरेको छ। फरवार्ड ह्यारी केन घाइते भएपछि टोटेनह्यामका प्रशिक्षक जोजे माउरिन्हो उनको स्थान लिने खेलाडीको खोजीमा थिए। बर्गविजिनले जारी सिजन आइन्डहोभेनबाट पाँच गोल गरेका छन्।
टोटेनह्यामले आजै रियाल बेटिसका मिडफिल्डर जियोभानी लो सेल्सोलाई पनि २०२५ सम्मका लागि सम्झौता गरेको छ। यसअघि लोनमा टोटेनह्याम आएका लो सेल्सोले जारी सिजन २० खेलमा दुई गोल गरेका छन्।
" /> काठमाडौं। इटालियन क्लब इन्टर मिलानले टोटेनह्यामका मिडफिल्डर क्रिष्टियन इरिक्सनलाई अनुबन्ध गरेको छ। डेनमार्कका २७ वर्षे मिडफिल्डर इरिक्सनले इन्टरसँग २०२४ सम्मका लागि सम्झौता गरेका हुन्।इरिक्सनलाई भित्राउन इन्टरले झन्डै एक करोड ६९ लाख पाउण्डमा अनुबन्ध गरेको हाे। इरिक्सनले अघिल्लो सरूवा बजारमै आफू नयाँ चुनौतीका लागि तयार रहेकाे बताएका थिए। उनले जारी सिजन टोटेनह्यामबाट सबै प्रतियोगितामा २८ खेल मात्र खेलेका छन्।

">