काठमाडौं। तेस्रो सम्झना कप खुला अन्तर्राष्ट्रिय टेबल टेनिस प्रतियोगिता १८ माघदेखि काठमाडौंमा हुने भएको छ।
आज ललितपुर टेबल टेनिस क्लबले पत्रकार सम्मेलन गरेर प्रतियोगिताको तयारीबारे जानकारी गराएको हो।
अखिल नेपाल टेबल टेनिस संघको तत्वावधान र ललितपुर टेबल टेनिस क्लबको आयोजनामा हुने प्रतियोगितामा नेपालसहित भारत, पाकिस्तान र दक्षिण कोरियाका गरी कूल ५२४ खेलाडीले सहभागिता जनाउँदै छन्।
आठ दिनसम्म चल्ने प्रतियोगितामा सहभागी प्रतिस्पर्धीले १४ स्वर्ण, १४ रजत र २८ कांस्य पदकका लागि प्रतिस्पर्धा गर्ने ललितपुर टेबल टेनिस क्लब अध्यक्ष उर्दीप जोशीले जानकारी दिए।
लैनचौरस्थित राष्ट्रिय टेबल टेनिस प्रशिक्षण केन्द्रमा आयोजना हुने प्रतियोगितामा पुरुष र महिला गरी १४ स्पर्धामा प्रतिस्पर्धा हुने आयोजकले जानकारी दिएको छ।
ओपन इभेन्टमा प्रथम हुनेले ६० हजार, दोस्रो हुनेले ३० हजार र तेस्रो हुनेले १० हजार रूपैयाँ प्राप्त गर्नेछन्।
यस्तै भेट्रान एकलमा विजयी हुनेले १० हजार, दोस्रो हुनेले पाँच हजार र तेस्रो हुनेले दुई हजार ५०० रूपैयाँबाट पुरस्कृत हुनेछन्।
साथै आयोजकले प्रतियोगिताको अन्तिम दिन १३औं दक्षिण एशियाली खेलकुद (साग) मा टेबल टेनिसमा पदक जितेका खेलाडी, प्रशिक्षक र अफिसियललाई लाइफटाइम अचिभ्मेन्ट अवार्डबाट सम्मान गर्ने समेत जनाएको छ। सम्झना ल्याब्रेटरीको मुख्य प्रायोजनमा प्रतियोगिता हुन लागेको हो।
" /> काठमाडौं। तेस्रो सम्झना कप खुला अन्तर्राष्ट्रिय टेबल टेनिस प्रतियोगिता १८ माघदेखि काठमाडौंमा हुने भएको छ।आज ललितपुर टेबल टेनिस क्लबले पत्रकार सम्मेलन गरेर प्रतियोगिताको तयारीबारे जानकारी गराएको हो।

">