काठमाडौं। कप्तान भरत खवासले गरेको दर्शनीय गोलमा त्रिभुवन आर्मी क्लबले जावलाखेल युथ क्लबलाई १–० ले हराउँदै शहीद स्मारक ‘ए’ डिभिजन लिगको शीर्ष स्थानमा उक्लिएको छ।

सातदोबाटोस्थित एन्फा मुख्यालयको मैदानमा खेल सकिन १५ मिनेट बाँकी रहँदा भरतले गरेको गोल त्रिभुवन आर्मीको जितमा निर्णायक बन्यो। भरतले सन्तोष तामाङको लामो पासलाई नियन्त्रणमा लिई पेनाल्टी क्षेत्रको दायाँ भागबाट हानेको भलीलाई जावलाखेलका गोलकिपर अरुण ब्लोनले रोक्न सकेनन्।

लिगमा चार खेल बाँकी रहँदा त्रिभुवन आर्मीले २० अंक जोडेको छ। पछिल्लो खेलमा न्युरोड (एनआरटी)सँग गोलरहित बराबरीमा रोकिएपछि त्रिभुवन आर्मीको उपाधि यात्रामा धक्का लागेको थियो। युवा खेलाडीको बर्चश्व रहेको जावलाखेलमाथि १–० को संघर्षपुर्ण जितले भने त्रिभुवन आर्मी शीर्ष स्थानमा उक्लिएको हो।

त्रिभुवन आर्मीले एक खेल हारेको छ भने दुई खेल बराबरी खेलेको छ। त्रिभुवन आर्मीलाई मछिन्द्र क्लबले पछ्याइरहेको छ। मछिन्द्रको १९ अंक छ। एक हार, दुई बराबरी र ६ खेल जितेको मछिन्द्रको पनि २० अंक नै हो। तर गत सिजन पुछारबाट दोस्रो स्थानमा रहेर लिगको अन्त्य गरेका कारण मछिन्द्रको एक अंक घटाइएको हो। एक खेल कम खेलेको मनाङ मर्स्याङ्दी १६ अंकका साथ तेस्रो स्थानमा छ।

जावलाखेल भने १२ अंकका साथ आठौं स्थानमा छ। गत सिजन दोस्रो स्थानमा रहेर लिगको अन्त्य गरेको संकटा एनआरटी र जावालाखेलको समान १२ अंक छ। गोलअन्तरमा एनआरटी छैटौं र संकटा सातौं स्थानमा रहेको हो।

जावलाखेलले पाएका केही राम्रा अवसरलाई सदुपयोग गर्न सकेन। दोस्रो हाफमा रूपबहादुर लामाले हानेको प्रहार त्रिभुवन आर्मीका गोलकिपर बिकेश कुथुले मुश्किलले बचाएका थिए।

आजै सम्पन्न पहिलो खेलमा पुछारको सरस्वती युथ क्लबले हिमालयन शेर्पा क्बललाई ४–३ हराएको थियो। यससँगै अन्तिम चरणतिर आइपुग्दा लिगले रोमाञ्चक मोड लिएको छ। उपाधिको ढोका खुला रहँदा रेलिगेशन क्षेत्र पनि रोमाञ्चक बनेको छ।

सरस्वती ४ अंकका साथ पुछारमा छ भने पाँच अंक जोडेको सशत्र प्रहरी बलको एपीएफ क्लब १३औं स्थानमा छ। हिमालयन शेर्पाको पनि सात अंकमात्र छ। फ्रेण्ड्स र ब्रिगेड ब्वाइज क्लबको समान ८ अंक छ।

" /> काठमाडौं। कप्तान भरत खवासले गरेको दर्शनीय गोलमा त्रिभुवन आर्मी क्लबले जावलाखेल युथ क्लबलाई १–० ले हराउँदै शहीद स्मारक ‘ए’ डिभिजन लिगको शीर्ष स्थानमा उक्लिएको छ।

सातदोबाटोस्थित एन्फा मुख्यालयको मैदानमा खेल सकिन १५ मिनेट बाँकी रहँदा भरतले गरेको गोल त्रिभुवन आर्मीको जितमा निर्णायक बन्यो। भरतले सन्तोष तामाङको लामो पासलाई नियन्त्रणमा लिई पेनाल्टी क्षेत्रको दायाँ भागबाट हानेको भलीलाई जावलाखेलका गोलकिपर अरुण ब्लोनले रोक्न सकेनन्।

लिगमा चार खेल बाँकी रहँदा त्रिभुवन आर्मीले २० अंक जोडेको छ। पछिल्लो खेलमा न्युरोड (एनआरटी)सँग गोलरहित बराबरीमा रोकिएपछि त्रिभुवन आर्मीको उपाधि यात्रामा धक्का लागेको थियो। युवा खेलाडीको बर्चश्व रहेको जावलाखेलमाथि १–० को संघर्षपुर्ण जितले भने त्रिभुवन आर्मी शीर्ष स्थानमा उक्लिएको हो।

त्रिभुवन आर्मीले एक खेल हारेको छ भने दुई खेल बराबरी खेलेको छ। त्रिभुवन आर्मीलाई मछिन्द्र क्लबले पछ्याइरहेको छ। मछिन्द्रको १९ अंक छ। एक हार, दुई बराबरी र ६ खेल जितेको मछिन्द्रको पनि २० अंक नै हो। तर गत सिजन पुछारबाट दोस्रो स्थानमा रहेर लिगको अन्त्य गरेका कारण मछिन्द्रको एक अंक घटाइएको हो। एक खेल कम खेलेको मनाङ मर्स्याङ्दी १६ अंकका साथ तेस्रो स्थानमा छ।

जावलाखेल भने १२ अंकका साथ आठौं स्थानमा छ। गत सिजन दोस्रो स्थानमा रहेर लिगको अन्त्य गरेको संकटा एनआरटी र जावालाखेलको समान १२ अंक छ। गोलअन्तरमा एनआरटी छैटौं र संकटा सातौं स्थानमा रहेको हो।

जावलाखेलले पाएका केही राम्रा अवसरलाई सदुपयोग गर्न सकेन। दोस्रो हाफमा रूपबहादुर लामाले हानेको प्रहार त्रिभुवन आर्मीका गोलकिपर बिकेश कुथुले मुश्किलले बचाएका थिए।

आजै सम्पन्न पहिलो खेलमा पुछारको सरस्वती युथ क्लबले हिमालयन शेर्पा क्बललाई ४–३ हराएको थियो। यससँगै अन्तिम चरणतिर आइपुग्दा लिगले रोमाञ्चक मोड लिएको छ। उपाधिको ढोका खुला रहँदा रेलिगेशन क्षेत्र पनि रोमाञ्चक बनेको छ।

सरस्वती ४ अंकका साथ पुछारमा छ भने पाँच अंक जोडेको सशत्र प्रहरी बलको एपीएफ क्लब १३औं स्थानमा छ। हिमालयन शेर्पाको पनि सात अंकमात्र छ। फ्रेण्ड्स र ब्रिगेड ब्वाइज क्लबको समान ८ अंक छ।

"> रोमाञ्चक मोडमा ‘ए’ डिभिजन लिग, त्रिभुवन आर्मी फेरि शीर्ष स्थानमा : Dekhapadhi
रोमाञ्चक मोडमा ‘ए’ डिभिजन लिग, त्रिभुवन आर्मी फेरि शीर्ष स्थानमा

प्रतिक्रिया दिनुहोस्