काठमाडौं। गायिका आस्था राउतले आफूले बोलेका शब्दहरू अमर्यादित रहेको स्वीकार्दै त्यसमा दुःख व्यक्त गरेकी छन्।
काठमाडौं जिल्ला प्रशासन कार्यालयको आदेशमा ४ हजार रुपैयाँ धरौटी तिरेर छुटेपछि आस्थाले सार्वजनिक रूपमा नै गल्ती स्वीकार गरेकी हुन्।
“मेरा केही शब्द अमर्यादित थिए, मैले त्यसमा पहिले पनि सार्वजनिक रूपमै माफी मागिसकेकी छु”, उनले भनिन्, “मैले एक जनाको गल्तीलाई संगठनसँगै जोडें, त्यसमा पनि मलाई दुःख लागेको छ।”
आस्थाले कानूनभन्दा माथि कोही नरहेको उल्लेख गर्दै सबैले कानून पालना गर्नुपर्नेमा जोड दिइन्। त्यसक्रममा उनले प्रहरी र प्रशासनको प्रशंसासमेत गरिन्। प्रहरी र प्रशासनबाट सहयोग पाएको बताएकी आस्थाले आफू स्वयं प्रहरी कार्यालय उपस्थित हुँदा गलत प्रचार गरिएको गुनासो गरिन्।
“सञ्चारमाध्यमले पनि आफ्नो आचारसंहितामा ध्यान दिनुपर्छ, आज मलाई समस्या पर्यो, भोलि सबैलाई पर्न सक्छ”, उनले भनिन्, “पत्रकारले सत्य बोल्न सक्नुपर्छ। व्यवसाय गर्ने हिसाबले सञ्चारमाध्यममा समाचार बन्नुहुन्न।”
१३ माघमा जिल्ला प्रशासन कार्यालयले प्रहरीलाई आस्थामाथि अनुसन्धान गर्न चार दिनको समय दिएको थियो। तर, रातिसम्म प्रहरी हिरासतमा रहेकी उनी स्वास्थ्यमा समस्या देखिएको भन्दै अस्पताल भर्ना भएकी थिइन्।
आस्थाले सामाजिक सञ्जालमा लेख्दा ध्यान पुर्याउन र संयम हुनसमेत आग्रह गरिन्।
काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालको इजलासले आजै आस्थालाई चार हजार रूपैयाँ धरौटीमा छाड्न आदेश दिएको थियो।
प्रहरीले आस्थामाथि अभद्र व्यवहारको कसूरमा मुद्दा चलाएको थियो।

आस्थाले १३ माघमै प्रहरीसमक्ष आत्मसमर्पण गरेसँगै प्रहरीले अनुसन्धान अघि बढाएको थियो।
गत १ माघमा त्रिभुवन विमानस्थलबाट झापाको भद्रपुर जाने क्रममा आस्था र सुरक्षा जाँचमा खटिएकी प्रहरी जवान रमिता श्रेष्ठबीच भनाभन भएको थियो।
त्यसपछि आस्थाले फेसबुकमार्फत् प्रहरीले आफूमाथि दुर्व्यवहार गरेको भन्दै आक्रोश पोखेकी थिइन्।