तालिबानको आक्रमणमा ९ प्रहरी मारिए
अफगानिस्तान। अफगानिस्तानको उत्तरी प्रान्त बाघलानमा रहेको एक प्रहरी चौकीमा तालिबान लडाकू समूहले गरेको एक आक्रमणमा कम्तीमा ९ प्रहरीको मृत्यु भएको छ।

सो आक्रमणमा परी अन्य तीनजना बेपत्ता भएका स्थानीय अधिकारीहरूले जानकारी दिएका छन्।

प्रान्तीय  राजधानी पुल ए खुम्रीको बाहिरी इलाकामा पर्ने बाघलानको समानगान राजमार्गको छेउमा पर्ने खज्जा अल्वानमा सुरक्षा चौकीमा तालिबान लडाकू समूहले गयराती आक्रमण गरेका थिए।

यो घटना तालिवान आतंककारीहरूको समूहले गराएका थिए। त्यसमा ९ प्रहरीको मृत्यु भएको र तीन अन्य बेपत्ता भएका प्रान्तीय अधिकारीले नाम नबताउने शर्तमा बताएका छन्।

झडपमा लडाकू समूहका पनि केही सदस्य हताहत भएको स्रोतले बताएको छ।

प्रान्तीय प्रहरीका प्रवक्ता जाविद बेशरतले राति भएको झडपको पुष्टि गरेका छन्। तर, पीडितको सही संख्या कति हो भन्ने बारेमा भने केही बताएका छैनन्। उनले सो घटनाको अनुसन्धान भइरहेको र थप विवरण पछि मात्र आउने बताए।

सन्  २००१ को अन्त्यतिर शासनबाट हटेका तालिबान लडाकूहरूले अफगानिस्तानमा सुरक्षा अधिकारी र सर्वसाधारण नागरिकमाथि बारम्बार आक्रमण गर्दै आएका छन्। रासस/सिन्ह्वा

प्रतिक्रिया दिनुहोस्